शनिबार, ७ भदौ २०७६
DainikNepal.com
शनिबार, ७ भदौ २०७६

३५ दिनभित्र सबै किसिमका अवैध हतियार बुझाउन सरकारको आग्रह

दैनिक नेपाल २०७५ फागुन ३० गते १७:४०

काठमाडौं, ३० फागुन । सरकारले अवैध हतियार बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ । सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन सरकारले भनेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सबै किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय सरकारले गरेको बताए ।

३५ दिन भित्र अवैध हतियार बुझाए हतियार राखेवापत हुने सजाय मिनाह हुने उनले जानकारी दिए ।

सोही बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने घोषणा पनि गरेको छ । समूहका सदस्यहरुका साथबाट अवैध हतियार बरामद हुने क्रम तीब्र भएपछि सरकारको यो निर्णय सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित