मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

सरकारले माग्यो २४९ अधिकृत र १९ नायबसुब्बा

दैनिक नेपाल २०७५ फागुन ३० गते ११:२९

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिका लागि सरकारले २ सय ६८ नयाँ कर्मचारी माग गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत पर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विभिन्न स्थानीय तहहरुमा चाहिने रोजगार संयोजक पुनः नियुक्त गर्न लागेको हो ।

जम्मा २ सय ६८ मध्ये २४९ जना अधिकृत सरहको हुनेछ भने १९ जना नायब सुब्बा सरह हुनेछ ।

यसअघि खुलाइएको रोजगार संयोजकमा कुल आवेदनबाट ७५३ माग गरिएकोमा ५ सय २१ मात्र पास भएका थिए । ती मध्य पनि ३६ जना सिफारिस भएपछि पनि अनइच्छुक देखिए ।

बाँकी रहेका २६८ खाली पदका लागि सरकारले बिहीबारबाट आवेदन खुला गरेको हो । चैत ९ गते बेलुकी ५ बजेसम्म आवेदन दिन सकिनेछ ।

आवश्यक न्युनतम योग्यता

अधिकृत सरहका लागि
नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ ।

नायबसुब्बा सरहका लागि
प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।

दुवैतर्फ

दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको हुनुपर्ने

यस्तै कम्प्युटर सम्बन्धी देवनागरी र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने, Computer, Printer, Scanner, Multimedianufot उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको, MS-Office Package (Word, Excel, Access, Power point आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको, इमेल इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको, व्यवस्थापन सूचना प्रणाली(MIS)सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने

आवेदन कसरी दिने ?

प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित