बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

जनमत संग्रह कदापी हुन सक्दैन

वि.वि. श्रेष्ठ २०७५ फागुन २९ गते १९:४६

-वि.वि. श्रेष्ठ

काठमाडौं । दुई तिहाई सरकारको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने बहसको सिर्जना भईरहेको नेपालको राजनीतिमा सरकारको नयाँ निर्णयले नेपालको थप माहोल झन् तताएको छ ।

पृथकतावादी आन्दोलनको नेतृत्व गरेका सिके राउतको अदालतबाट सफाईसँगै सरकार र सिके राउतको बीचमा भएको राजनैतिक सहमतिले सरकारको राष्ट्रियतावादी चरित्र, र व्यवहार कति सान्दर्भिक कति असान्दर्भिक भन्ने विषयले ह्वात्तै चर्चा पायो । देशको सार्वभौमसत्तालाई नै धावा वोलेर स्वतन्त्र मधेशको नेतृत्व गरेका राउतसँगकोे राजनैतिक वार्तालाई देशका धेरै राजनैतिक शक्तिले सकारात्मक कदम भनेता पनि नेकपा कै नेताको विरोधले सरकारको यो निर्णयमाथि नै प्रश्न चिन्ह खडा गरिदियो ।

देशको सार्वभौमसत्ताको रक्षा, स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डतामा कुनै पनि असर नपर्ने गरि राजनैतिक सहमति गरिएको सरकारको दाबी छ । तर सिके राउतको गतिविधीले नै सरकारको विरोध गर्नेहरुलाई थप मलजल गरिरहेको छ । दुई देशबीच गरिएको सहमति जसरी पृथकतावादी नेतृत्वसँग सहमति गरिनुले स्वतन्त्र मधेशको मुद्दालाई झन् झन् वलियो बनाउने आधारशिला खडा हुने तर्क आईरहेको छ ।

देशको भौगोलिक अखण्डतालाई अक्षुण राख्दै सफल अवतरणका लागि सिके राउतका गतिविधि समयानुकुल मत्थर हुनेमा सरकार विश्वस्त रहेतापनि स्वतन्त्र मधेशका नाममा देशका जनकपुर लगायत मधेशमा देखिएको त्यो उत्ताउलोपनले सिके राउत देशको सुरक्षा लिएर देश नै दोहन गर्न लागेको छन भन्नेहरु पनि वेग्रल्ती देखिन्छन् । सिके राउतको देश विखण्डनको रणनीतिमा सरकार नै सहयोगी भूमिकामा रहेको विरोधीहरुले आरोप लगाउन थालेका छन् ।

देशको भौगोलिक अखण्डतालाई अक्षुण राख्दै सफल अवतरणका लागि सिके राउतका गतिविधि समयानुकुल मत्थर हुनेमा सरकार विश्वस्त रहेतापनि स्वतन्त्र मधेशका नाममा देशका जनकपुर लगायत मधेशमा देखिएको त्यो उत्ताउलोपनले सिके राउत देशको सुरक्षा लिएर देश नै दोहन गर्न लागेको छन भन्नेहरु पनि वेग्रल्ती देखिन्छन् ।

देशद्रोहको मुद्दामा पटक पटक हिरासतमा रहेका स्वतन्त्र मधेशका सुत्रधार सिके राउतको राजनैतिक सहमति भएको दिन नै दिएको अभिव्यक्तिमा स्वतन्त्रताको शव्द उच्चारणले आम जनतामा शंका उत्पन्न भएको थियो । त्यहि स्वतन्त्रताका नाममा राजनैतिक व्यवहार गरिने सरकारसँगको सहमतिले अब खुल्लम खुल्ला स्वतन्त्र मधेशको मुद्दालाई जनमत स्रगह मार्फत पूरा गर्न सकिने आत्मरतिमा रमेको सिके राउतको सामाजिक संजालमा आएको अभिव्यक्ति र मधेशमा आफ्नो कार्यकर्ताले उचालेको मागले आम नेपाल जनता सिके राउत देशको अखण्डताको रक्षा होईन, देश टुक्राउने रणनैतिक चालमात्र रहेछ भन्ने अनुमान सहि सावित हुन पुगेको छ ।

सरकारले नै जनअभिमतको अर्थ जनमत संग्रह होईन भनेर दैनिक नै खण्डन गरेतापनि सिके राउतको व्यवहारले त्यहि विखण्डनवादी सोचको प्रारुपअनुरुप अगाडी बढेको पाईन्छ । जुन सरकारको र आम नेपाली जनताको भावना विपरित रहेकोे छ । सरकारको मूल ध्येय भनेको असन्तुष्ट पक्षलाई पनि मूल राजनैतिक धारमार्फत देशमा समृद्धि, सुशासन र विकासको लक्ष्य हो ।

यो भन्दा सरकारको अभिष्ट छैन, तर देश र जनताका लागि गरिएको सो राजनैतिक सहमति सिके राउतका लागि थप शक्ति हाशिल गर्ने अस्त्र वनिदियो । जुन आम नेपाली जनतालाई स्वीकार हुन सक्दैन ।

देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता देश र जनताका लागि साध्य हुन्, जुन कुरामा जनमत कदापी हुन सक्दैन । जनमत संग्रह मार्फत देशको विखण्डन गर्न सकिन्छ भन्ने ध्येय सिके राउत र आम कार्यकर्ताको भएतापनि त्यो स्वीकार्य हुन सक्दैन । आफनै शरिर काटेर अरुलाई दिन सकिँदैन भन्ने आम सोचसम्म नभएको सिके राउतको यो रवैयाले उसको पतन निश्चित देखिन्छ । यहि सोचका साथ सिके राउतको गतिविधी झनझन वाक्लिदै गयो भने सरकार होईन आम जनता नै सिके राउत सिध्याउन पछाडी पर्ने छैनन् ।

जनमत संग्रह लोकतन्त्र र जनताको अधिकारका लागि स्वभाविक मानिन्छ न कि देश नै टुक्राउने कि नटुक्राउने भन्ने विषयमा । देश र जनताको मूक्तिको आन्दोलन हो भने त्यो स्वतन्त्र मधेश अथवा अलग राष्ट्र निर्माणका लागि होईन देश विकास र समृद्धि नेपाल निर्माणका लागि हुनुपर्दछ ।

सास्कृतिक र भौगोलिक विविधताले भोरिएको स्वर्ग जस्तो नेपालको विखण्डन केका लागि ? जनमत संग्रह लोकतन्त्र र जनताको अधिकारका लागि स्वभाविक मानिन्छ न कि देश नै टुक्राउने कि नटुक्राउने भन्ने विषयमा होईन । यो विषयमा सरकारको राजनैतिक सहमतिमा कुनै पनि दृष्टिकोणबाट अन्यथा मान्न सकिँदैन । व्यक्ति विशेषका अधिकारका, पिछडिएका वर्गका मुक्तिका लागि, भएका गल्ती र कमजोरी स्वीकार गर्नका लागि गरिएको ११ बुँदे सहमतिको अर्थ आम रुपमा देश खण्डित गर्ने कुरामा जनमतसंंग्रह कदापी हुन सक्दैन ।

आन्दोलन राजनैतिक हुनुपर्दछ न कि अराजनैतिक, राजनीति देश र जनताका लागि हुनु पर्दछ । तर सिके राउत कसका लागि राजनीति गर्देछन् ? देश र जनताका मुक्तिका आन्दोलन हो भने त्यो स्वतन्त्र मधेश अथवा अलग राष्ट्र निर्माणका लागि होईन देश विकास र समृद्धि नेपाल निर्माणका लागि हुनुपर्दछ ।

कसैको उक्साहट र कसैको स्वार्थ पूर्तिका लागि गरिने राजनैतिक आडम्वरले स्वयं देशको विकासमा अवरोध गर्दछ नै नेतृत्वको अस्तित्व नै नरहन पनि सक्दछ । यसकारण एकमात्र स्वयंसिद्ध तथ्य सिके राउत र उनका कार्यकर्ताले बुझ्न ढिला गर्नुहुँदैन । देशको अस्तित्वमा नै धावा बोल्ने, नेपाल आमालाई नै टुक्राउने गतिविधि गर्दछ भने सिके मात्र होईन, सबैले सोच्नैपर्दछ ।

प्रतिक्रिया
सम्बन्धित