बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

विप्लव समूहलाई चन्दा नदिन स्थानीय सरकारलाई प्रधानमन्त्रीको निर्देशन

दैनिक नेपाल २०७५ फागुन २९ गते १७:३२

काठमाडौं, २९ फागुन । । प्रतिबन्ध घोषणा रिएको नेकपा विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहका अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निर्देशन दिएका छन् ।

सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्न लागिएको भन्दै त्यस्तो समूहलाई चन्दा दिन नहुने बताए ।

आतंकलाई हतियार बनाएर लुटको धन्दा चलाउन नपाई भन्दै सो समूहले राजनीतिक व्यवाहार देखाउनुपर्ने बताए । उनले नेपाल नगरपालिका संघको कार्यक्रममा यसो भनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित