
कपिलवस्तु (चन्द्रौटा), २८ फागुन । शिवराज नगरपालिका–३ भितिरियामा रहेको सोनवागढ क्षेत्रमा पहिलो पटक एरियल फोटोग्राफी गरिएको छ ।
उपकरणलाई आकाशमा उडाएर सोनवागढ क्षेत्रको फोटो खिचिएको हो । सोनवागढलाई संरक्षण र वास्तविकताबारे वुझ्नको लागि दुर्हम विश्वविद्यालय बेलायतका डा. मार्क मेनवलले फोटोग्राफी गरेका हुन् । सानो आकारको एक मेसिनमा क्यामरा जडान गरि तस्विरहरु खिचिएको छ ।
जमिनको सतह, भूबनावट र स्थलहरुको वास्तविक अवस्था खिचिएको फोटोबाट सजिलै पत्ता लगाउन सकिने छ । पुरात्तव विभागका प्रमुख पुरातत्व अधिकृत राम वुहादुर कुँवर पनि सहभागी थिए ।
कपिलवस्तुको चन्द्रौटा बजारदेखि झण्डै ५ किलोमिटर उत्तरतर्फको घना जंगलमा अवस्थित छ सोनवागढ मन्दिर । मन्दिर बौद्धकालीन शाक्यवंशी राजाले सुनको खजाना लुकाएर राखिएको किंवदन्ती अनुसार मन्दिरको नाम सनवागढ राखिएको स्थानीयवासी बताउँछन ।
संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै वस्तुहरू चोरी भैसकेको छ । मन्दिर एक ऐतिहासिक भएपनि यसलाई संरक्षण नहुँदा चोरी भइरहेको स्थानीयहरुको भनाई छ । मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदिले प्रत्येक वर्षे मन्दिर क्षेत्र कटान गर्दै आएको छ ।
मन्दिर परिसरमा ४ वटा अग्लो ढिस्कोहरु रहेका छन । मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केहि वर्ष पहिला मुर्ती फेला परेको थियो सोहि मुर्तीलाई अहिले मन्दिर भित्र राखिको छ । मन्दिर भित्र रहेको एक गोलाकार ढुगालाई उचालेमा आफुले आटेको पुग्ने विश्वास रहेको छ ।
मन्दिर पुग्न २ वटा खोलाहरु तरेर जानुपर्ने हुन्छ ।
मन्दिर पुग्न सहज नभएका कारण पनि प्रचार प्रसारमा कमि भएको हो । जगल भित्र रहेको मन्दिरलाई व्यवस्थापन गर्न सकेमा राम्रो पर्यटकीय स्थल बनाउन सहज हुने सरोकारवालहरुको भनाई छ । मन्दिरमा एक स्थानिय चौधरीले पुजाआजा गर्दै आएका छन् ।
लुम्बिनी विकास कोषले गत पुष १० गते वाट पहिलो पटक उत्खनन गरेको गरेको हो । सोनवागढवाट गुप्तकालिन ईटावाट निर्मीत भग्नावेषहरुले फेला परेका छन् ।












प्रतिक्रिया