मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

अनियमितता गर्ने ८१ कर्मचारी सरूवा गर्दै आयल निगम

दैनिक नेपाल २०७५ फागुन २८ गते ८:१७

काठमाडौं, २८ फागुन । वर्षौदेखि आयल निगमले एउटै अड्डामा बसेर अनियमितता गर्दै आएका ८१ कर्मचारीलाई एकैपटक सरुवा गरेको छ ।

कर्मचारी प्रशासन विनियमावली, ०६३ विपरीत लामो समयसम्म एउटै अड्डामा बस्ने २ सय ९ कर्मचारीको सरुवा गर्ने रोस्टर तयार पारेको हो । जसमा ८१ जनाको सरुवा गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

निगमका कर्मचारी निर्देशक सुरेन्द्र पौडेलले कर्मचारी व्यवस्थापनमा सुधार गरेर संस्थाको छवि उकास्ने प्रयत्न थालिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित