१ कार्तिक २०८३, शनिबार

संजय थापाद्वारा एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा 

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा 

अमेरिका, २७ फागुन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यकारी समिति सदस्य संजय थापाले आगामी एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको लागि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले गत मार्च १० का दिन पत्रकार सम्मेलन मार्फत घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा आफूले नेपालदेखि नै गरेका सामाजिक सेवा तथा तथा नेतृत्व स्तरमा गरेका अनुभव र आफ्नो सकारात्मक धारणा प्रष्ट पार्दै आफूलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् ।

उनले विगत लामो समयदेखि आफू एनआरएन अमेरिकालाई सशक्त बनाउने मात्रै नभएर गैर आवासीय नेपालीहरुको अधिकार स्थापित र सुरक्षित गर्न लागि परिरहेको जनाए ।  काठमाण्डौंको गोकर्णमा सन् १९६४ सालमा मध्यम् वर्गीय परिवारमा भएको थापाले भने ।

उनले काठमाण्डौंकै आनन्दकुटी हाईस्कुलबाट एसएलसी, अमृत साईन्स क्याम्पसबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सम्मको अध्ययन पूरा गरेको छु भनि जानकारी दिएका थिए ।

उनले मन्तव्य दिने क्रममा विभिन्न समयमा हुने गरेका आकस्मिक घटना/दुर्घटनामा परेका पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित पक्षसँग पहल गर्नुका साथै प्रत्येक सदस्यको लागि कम्तिमा ५० हजार अमेरिकी डलर बराबरको जीवन बिमा गर्न/गराउनको लागि अमेरिकी सरकार, राज्य र बिमा कम्पनीसँग आवश्यक पहल र प्रक्रिया अघि बढाउँनेछु भनि प्रतिबद्धता जाहेर गरेका छन् ।

थापाले निर्वाचन निस्पक्ष र स्वतन्त्र होस भन्ने हेतुले सदस्य बन्ने अभियानमा केहि कडाई गरिए तापनि सोचे जस्तो हुन नसकेको अनुभूति भएको कारण निर्वाचन आयोगसँंग निर्वाचन आयोगको कुनै पनि सदस्यले सफ्टवेयरको एडमिनको एक्सेस लिन नपाउने माग समेत राखेका छन् ।

उनले पत्रकारहरुलाई यस बिषयमा खबरदारी गर्न तथा यसमा राको बल्न समेत आग्रह गरेका छन् ।