३ कार्तिक २०८३, मंगलबार

धनगढीमा जनता बैंकको एटीएम सेवा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ फागुन । जनता बैंक नेपाल लिमिटेडले धनगढी उपमहानगरपालिका–५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ९४औं एटीएम हो ।

धनगढी उप–महानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले संयुक्त रुपमा एटीएम सेवाको उद्घाटन गरे । त्यस आसपासका ग्राहकहरुरले नगद कारोवारमा एटीएम सेवाले सहजता प्रदान गर्ने बैंकले विश्वास लिइएको छ ।

सँगै बैंकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटिने गरी १ सय २८ शाखा, ५० शाखारहित बैंकिङ केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देशभरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।