३ कार्तिक २०८३, मंगलबार

चीनबाट गाई नल्याउन चेतावनी

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । चीनबाट गाई खरिद गर्ने प्रदेश सरकारको निर्णयको केन्द्रिय दुग्ध सहकारी संघ, नेपालले विरोध गरेको छ ।

प्रदेश ३ सहित अन्य २ वटा प्रदेशले चीनबाट ४ हजार गाई खरिद गरेर ल्याउने सम्झौतामा हस्ताक्षेर गरेपछि केन्द्रीय दुग्ध सहकारी संघ, नेपालले त्यसको विरोध गरेको हो ।

नेपालमा रहेका गाईहरुको उचित संरक्षण गरी दुध व्यवसायको प्रवद्र्धन गर्न छाडेर विदेशको गाई ल्याउने सम्झौता गरेपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले जानकारी दिए ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले नेपालमै प्रशस्त मात्रामा दुध दिने गाई हुँदाहुँदै प्रदेश सरकारले चीनबाट गार्ई ल्याउने निर्णय गरेर नेपालका पशु किसानहरुलाई मारमा पार्न खोजेको बताए ।

प्रदेश ३ को सरकारले चाईना एकेडेमी कल्चरल मेकानाईजेसन साईन्स (क्याम्स)सँग चीनबाट गाई आयात गर्ने सहमति गरेको थियो । त्यसप्रति संघको आपत्ति छ ।

संघका अध्यक्ष सापकोटाले नेपालमा दुध दिने गाईको अभाव नभएको बताए । उनले नयाँ जातको घाँस, दुध र दुधको परिकार बनाउन आवश्यक प्रविधि भित्रयाउन पनि सरकारसँग माग गरे ।

प्रदेश ३ को सरकारले नेपाललाई दुधमा आत्म निर्भर बनाउन भन्दै चार हजार गाई चीनबाट भित्रयाउने सहमति गरेको थियो । नेपालकै गाईको संरक्षणमा सरकारले आवश्यक बजेटको व्यवस्था गरे दुधको अभाव नहुने संघका अध्यक्ष देवकोटाको भनाई छ ।