८ कार्तिक २०८३, आइतबार

इथियोपियन एयरलाइन्स दुर्घटना : ‘मृतकमध्ये एक गोर्खाकी एकता अधिकारी रहको पुष्टी’

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७ जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।

इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी सोही विमानमा आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन् ।

विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो । मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन् ।

मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको मृतक परिवारसँग नजिकको सम्बन्ध भएका सुवास अधिकारीले कान्तिपुरलाई बताए ।

एकता दई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन् ।