मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

नेतादेखि पूर्वराजासम्मको मधेश आकर्षण, राजनीति कि रणनीति ?

सुर्य नेपाली २०७५ फागुन २६ गते १५:२०

-सुर्य नेपाली/दैनिक नेपाल

काठमाडौं, २६ फागुन । विशेष चर्चामै रहन्छ मधेश क्षेत्र । चुनावका वेला अझ तात्छ । यसै पनि यो गर्मी ठाउँ हो ।

एक हिसाबले पहाडीलाई पाल्ने मधेश या तराई । उत्पादनमा उन्नत तर कतिपय कुराले त्यहाँका मान्छे त्यत्ति धेरै उन्नत हुन सकेनन् । तर हालका केही तरङ्गले मधेश वा तराई धेरै कुरामा उन्नत भूमि देखियो ।

सिके राउतदेखि राजपासम्मका आ–आफ्नै रामवाण छन् मधेशमा गर्ने राजनीतिका । उपेन्द्र यादवदेखि विजयकुमारसम्मलाई त्यहि मधेशका कति कुराले पालेको छ । केही हिस्सा अनपढहरुलाई बटुल्यो अनि शुरु गर्‍यो आफ्नोे गुटको राजनीति । कतिपय त पढेलेखेका पनि जागिर वा यस्तै कुनै आशमा पछि लागेका हुन्छन् ।

यी त मधेशबाटै आएका भनिएका नेताहरु परे । तर पछिल्लो समय अन्य भु–भागका नेता पनि मधेशमा उन्नत थलो देख्दैछन् राजनीतिको । सरकार चलाउनेदेखि गिराउनेसम्मका । गणतन्त्रवादी देखि राजावादीसम्म्म ।

एक किसिमको चर्चामै रहेको थियो मधेश, पहिलादेखि नै । तर गत शुक्रबार स्वतन्त्र मधेश माग गर्दै आएका सिके राउतसँग सरकारले गरेको सम्झौतापछि मधेश झन् तातेको छ ।

सम्झौताको अर्को दिन नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेश झरे । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ ले आयोजना गरेको आमसभामा बनिबुतोले भ्याएसम्म बोले ।

दुवै नेताहरुले मधेशमा अबको निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरे ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि हाल जिल्ला भ्रमणमा छन् । उनले पनि आफ्नो भ्रमण एक नम्बर प्रदेशबाट शुरु गरेका हुन्् ।

यस्तै राप्रपा अध्यक्ष कमल थापाले अभियान नै चलाए । उनी मेची–महाकाली यात्रामा छन् ।

थापाको भ्रमण सकिन नपाउँदै यता पूर्वराजा ज्ञानेन्द्र शाहले मधेश यात्रा शुरु गरे । झापाबाट जनकपुर जाने क्रममै मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाह विरामी परेपछि यात्रा स्थगित गरेर उनी अहिले काठमाडौंमा छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश यात्रा बुधबारदेखि फेरि सुरु हुँदैछ।

यी सबै नेतादेखि राजासम्मका यात्राहरु हाल मधेशमा नै केन्द्रीत हुनुको रहस्य के ? यो गम्भीर प्रश्न हो । तर बुझ्न उति धेरै अफ्ठेरो पनि छैन ।

नेपालको कुल मतदाताको अधिकांश हिस्सा त्यहि क्षेत्रमा बसोबास गर्छ । जहाँ गरिबी र अशिक्षा व्याप्त छ त्यहिँ राजनीति फस्टाउँछ । गरिबसँग आश्वासन बाँडेर राजनीति गर्न जति सजिलो छ त्यति सजिलो छैन अरुसँग । सायद आजका नेताहरुले यो राम्रोसँग बुझेको हुनुपर्छ ।

नेपालका अन्य क्षेत्रका मान्छेहरु गरिब नै भएपनि धेरै बुझेका भेटिए । र, कतिपय अवस्थामा नेताका भाषणहरु, झुठा आश्वासनहरु हाँसो मै उडाए । अनि राजनीतिको सजिलो उपाय बन्यो प्रदेश नम्बर २ ।

नेपालका अन्य प्रदेशको तुलानामा प्रदेश २ आर्थिकदेखि शैक्षिक हिसावले पनि निकै पछाडी रहेको तथ्याङ्कले देखाउँछ । त्यसैले कतिपयले अबको राजनीति प्रदेश २ तिर भन्ने रणनीति बनाएको हुनुपर्छ ।

किनकी,

हाम्रो मुलुकमा राजनीति खेल न बनेको छ । विकासको यात्रा त त्यो चुनाव जित्ने खेल मात्र न हो, अहिले नभए अको पटकमा !

प्रतिक्रिया
सम्बन्धित