
काठमाडौँ, २६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गराएको बम विष्फोटका विरोधमा सबै म्यानपवरहरु बन्द गरिएका छन् ।
चन्दा नदिएपछि वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार विप्लव समूहले शक्तिशाली बम विष्फोट गरएको थियो । घटनामा परी ४ जना घाइते भएका थिए भने घरमा आगलागी पनि भएको थियो ।
घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय लिएको हो । संघले आइतबार नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको महासचिव नरेश गेलालले जानकारी दिए ।
संघले यसअघि विप्लव समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेको थियो । विप्लव समूहले घटनाको जिम्मेवारी लिइसकेको छ ।
नेकपाको सहायक संगठन युवा संगठन नेपालले एक विज्ञप्ति जारी गर्दै ‘गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई रोक्नुको सट्टा प्रसय दिएकोमा पटक–पटक चेतावनी दिँदासमेत नमानेको हुँदा कारबाहीस्वरुप घटना घटाइएको’ बताएको छ ।
‘सांकेतिक कारबाहीको प्रवाह नगरी अझैपनि वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक रोजगार व्यवसायी महासंघको नेतृत्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा योभन्दा अझै बढी सशस्त्र कारबाही गर्न बाध्य हुनेछौं’, युवा संगठन नेपालको मध्य केन्द्रीय कमान्डका सचिव ‘शिशिर’द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।












प्रतिक्रिया