मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

प्रबासी नेपाली एकता मञ्च पोर्चुगलद्वारा सीता बराललाई कारबाही

दैनिक नेपाल २०७५ फागुन २६ गते ९:३३

पोर्चुगल । एकता कार्यदलले सीता बराललाई कारबाही गरेको छ । कार्यदलले बराललाई आगामी दिनमा मञ्चको कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

कार्यदलले पोर्चुगल निबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू नेपाली नारी समाज पोर्चुगलको दोस्रो अधिबेशनका शिलशिलामा भएका गतिविधिको सम्बधमा सङ्गठनको ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यदलले विज्ञप्ति जारी गरेर अधिबेशनको प्रक्रियामा भएका बिभिन्न क्रियाकलापहरूमा सङ्गठनको नाम जोड्ने काम भएको जनाएको छ ।

‘नेपाली नारी समाज पोर्चुगलको सीता बराल समूहकी अध्यक्ष सीता बराल र नेपाली नारी समाज पोर्चुगलको दोस्रो अधिबेशन आयोजक समितिकी संयोजक निर्मला खरालको बीचमा सहमति गराइ नारी समाजलाई एकीकृत बनाउनुपर्छ भन्ने उद्देश्यका साथ दुबैको बीचमा सौहार्द पूर्वक सीता बराल समूहकी अध्यक्ष सीता बराल र संयोजक निर्मला खराले हस्ताक्षेर गरेर सम्पन्न भएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘दुबै अधिबेशनका कार्यक्रमहरूलाई स्थगित गर्दै नारी दिवस मात्र मनाइने निर्णय सहित संयुक्त कार्यक्रमको सम्पन्न गर्ने निर्णय भएको थियो ।’

‘नेपाली नारी समाज पोर्चुगलकी संयोजक निर्मला ढकाल हामी सहित कार्यक्रममा जानु भएको थियो’, एकता कार्यदलले भनेको छ, ‘कार्यक्रम नारी दिवस मात्र भन्ने कुराको उल्लंघन गर्दै सीता बराल समूहबाट मनोमानिक ढंगबाट कार्यक्रम सकिएपछि संयोजक निर्मला ढकाललाई भित्र हलमा कोठा बन्द गरी मानसिक यातना सहित अपमान पूर्ण व्यबहार गरिएको छ त्यसको भिडियो समेत हामीसँग सुरक्षित छ ।’

‘एकातिर बसेर सहमति गर्नै अनि आफैले गरेको सहमति उल्लंघन गराउन जबर्जस्ती अर्को पक्षालाई समेत सही गराउन लगाउने हर्कत गरेकी छन् । यी सबै चिजाहरूको कानूनी उपचार पोर्चुगलको कानून र नेपाली कानून अनुसार सम्बधित मन्त्रालयहरूमा उपचारहरू खोजिने जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ, ‘प्रबासी नेपाली एकता मञ्चसँग सम्बन्धित महिला दिदीबहिनीहरूलाई सीता बराल नारी समाजमा अब उपरान्त उपस्थित नहुन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया
सम्बन्धित