२० कार्तिक २०८३, शुक्रबार

सीके राउतसँगको सहमतिबारे श्वेत पत्र जारी गर्न विकेकशीलको माग

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । विवेकशील नेपाली दलले शुक्रबार सरकार र सीके राउत पक्षसँग भएको सहमतिको स्वागत गर्दै सहमतिको प्रक्रियामाथि प्रश्न उठाएको छ ।

पार्टीका प्रवक्ता मिलन पाण्डेले शनिबार विज्ञप्तिमार्फत सहमतिको स्वागत गरे पनि प्रक्रिया पारदर्शी नभएको, शब्द चयनमा चिप्लिएको टिप्पणी गरेको छ । उसले आम नागरिकहरुप्रति जवाफदेहिताका लागि श्वेत पत्र जारी गर्न सरकारसँग माग गरेको छ ।

‘प्रधानमन्त्रीको प्रस्तुति सरकारको नेतृत्वको हैसियतमा हो कि दलको नेताको रूपमा हो, कतिपय सन्दर्भमा छुट्टाउन नसकिने खालका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘सहमतिको प्रक्रिया पारदर्शी थिएन । तसर्थ, आम नागरिकहरूप्रति जवाफदेहीताका निम्ति नेपाल सरकारले यी सम्पूर्ण प्रक्रियाको श्वेत पत्र जारी गर्न समेत विवेकशील नेपाली जोडदार माग गर्दछ ।’

हतारमा गरिएजस्तो देखिने सहमतिमा केही शब्द चयनमा सरकार चिप्लिएकाले केही आशङ्का जन्माएका जन्माएको विवेकशीलको टिप्पणी छ । दुवै पक्षबीचको सहमतिमा स्वागत गरेको उक्त पार्टीले भनेको छ, ‘यो सरकारले न्यायालयलाई प्रभावमा पारेर निर्णय गरिएको होइन र केही दिनअघि देखिका घटनाक्रम संयोग मात्रै भएको हाम्रो पार्टीले ठान्दछ ।’

न्यायको विकल्प राजनैतिक दाउपेच हुन नसक्ने पार्टीको धारणा छ । ‘नेपालको संविधानको धारा २७५ अनुसार ‘राष्ट्रिय महत्वको’ विषयमा संघीय संसद्को दुई तिहाइ बहुमतबाट जनमत सङ्ग्रहको निर्णय गर्न सक्ने भए पनि राष्ट्रिय हित, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र एकतामा खलल र्पुयाउने गरी हुने सम्झौतामा सरकार अत्यन्त संवेदनशील हुनुपर्ने कुरामा पुनः ध्यानाकर्षण समेत गराउन चाहन्छ’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार मात्रै सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । सहमतिपत्रमा गृहमन्त्री रामबहादुर थापा र सीके राउतले हस्ताक्षर गरेका थिए ।