२० कार्तिक २०८३, शुक्रबार

दाङमा मोटरसाइकल, एक जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २५ फागुन । दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–१ नर्ती नजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

लमहीबाट डोढहीका लागि छुटेको रा ५ प १७९३ नम्बरको मोटरसाइकल पावरट्रिलमा ठोक्किँदा मोटरसाइकल चालक लमही–२ निवासी २० वर्षका सुशील चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

लमही अस्पतालमा उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पावरट्रिलर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–६ निवासी अमिस चौधरी घाइते भएका छन् ।

दुईजनाको लमहीमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ । दुर्घटना स्थल अस्थायी प्रहरी पोष्ट सामुन्ने भए पनि प्रहरीले घटना भएको अबेर मात्रै थाहा पाएको थियो ।