८ कार्तिक २०८३, आइतबार

ओलीले गरेनन् खण्डन, प्रशंसा गरे सिके राउतजीको क्षमता असाधारण

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन ।

केपी ओली

सिके राउतजीको असाधारण निर्णय क्षमताले यो सहमति सम्भव भयो । समुदाय–समुदायबीच लडाउने, जाति, धर्म र सम्प्रदायबीच लडाउने कुरा अनुपयुक्त ठानेर राष्ट्रिय एकता र समृद्धिको राजनीतिमा प्रवेश गर्नुभयो ।

उहाँ एउटा इन्जिनियर, वैज्ञानिक, कताकता बाटो बिराउँदै–बिराउँदै बिग्रने हो कि भन्ने मलाई डर थियो, तर उहाँ टेक्नोक्रेट मात्र होइन, थिंकट्यांक पनि हुनुहुँदोरहेछ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मलाई खुसी लाग्यो, उहाँलाई धन्यवाद भन्छु । देश सुशासन र समृद्धिको यात्रामा छ, सिके राउतजीको गठबन्धनसँगको सहमतिपछि यसले अझ उचाइ प्राप्त गर्ने मलाई विश्वास छ ।

सिके राउत देखाएर तराईमा रोटी सेक्ने धेरै थिए, अब तिनका रोटी काँचै पर्ने भो ।

देखाउने सिके राउत, सेक्ने आफ्नो ! कहीँ ढुंगा हानियो भने शान्तिपूर्ण राजनीति गरेको सिके राउतलाई देखाइन्थ्यो, जिम्मा लिइँदैनथ्यो । अब त्यो अन्त्य भएको छ ।

सहमतिको भाषाबाहेक कुनै सम्झौता भएको छैन : विष्णु रिमाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार

हामीले संविधानको मूल प्रस्तावनामा आधारित रहेर उहाँहरू (सिके राउत) संविधानअनुसार शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने सहमति गरेका हौँ । ११ बुँदे सहमतिको कुनै पनि बुँदामा जनमतसंग्रह उल्लेख छैन ।

सहमतिका बुँदामा भएभन्दा बाहेक सिके राउत समूहसँग यदि, तर, कमा, फुलिस्टप, कुनै पनि प्रकारको सहमति भएको छैन । सहमतिमा भएका विषय पालनामा सरकार प्रतिबद्ध छ । यति महत्वपूर्ण उपलब्धिलाई पनि सहमतिभन्दा बाहिर अर्कै अर्थ लगाएर भ्रम फिँजाउनेहरूका कुरालाई लिएर टिप्पणी गर्नुको कुनै अर्थ हुँदैन ।