सिके राउत
हामी बुद्धका सन्तान हौँ । अहिंसा हाम्रो रगरगमा बसेको छ । … हामीलाई राज्यले स्वीकार गरेको छ । जनअभिमतसहित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्यालाई निवारण गर्ने हाम्रै माग हो । हाम्रो नारा नै थियो– ‘अबकि बार एक हि माग जनमत संग्रह का ऐलान’ (अबको एउटै माग जनमत संग्रह हो) । राज्यपक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै सहमतिको दुई नम्बर बुँदामा हामीलाई राजनीतिक स्पेस दिएको छ । जे चाहिन्छ त्यो जनमतबाटै जनताले लिए हुन्छ, यहाँ जनता नै सर्वोपरी हो । जनताभन्दा ठूलो कोही पनि छैन । त्यसकारण यो सहमति राज्यको पनि जित हो, जनताको पनि जित हो । यसमा कसैले अन्यथा अर्थ लगाउने प्रयास नगरौँ । सबै सावधान बनौँ । अब हामीले हिंसात्मक गतिविधि गरेर समय खेर फाल्ने अवस्था रहेन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
















प्रतिक्रिया