२० कार्तिक २०८३, शुक्रबार

द्वन्द्वपीडित महिलाहरु सम्मानित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुलाई सम्मान गरेको छ । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ‘द्वन्द्वपीडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री, नेकपाकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य सत्या पहाडीले आजको दिनलाई अन्र्तराष्ट्रिय रुपमा विभेद र भेदभावरहित दिनको रुपमा मनाउनुपर्नेमा जोड दिइन् । समाज परिवर्तनमा आफ्नो ठाँउबाट सहयोग गर्ने सबैको समान योगदान रहेको स्मरण गराउँदै उनले महिलाहरुले श्रमिकको रुपमा धेरै नै रगत बगाइसकेको पनि स्मरण गराइन् ।

नारी दिवसलाई एक ऐतिहासिक दिनको रुपमा मनाउँदै आएको बताउँदै उनले आगामी दिनमा विचार विभेदको अन्त्य गर्दै महिलालाई पनि समान अधिकारको अवधारणामा सरकारले हेर्नुेपर्नेमा जोड दिइन । उनले भनिन्, ‘अहिले राज्यको संरचना परिवर्तित रुपमा अगाडि बढेको छ, अब जनताको प्रत्यक्ष जीवनमा परिवर्तन ल्याउन आवश्यक छ ।’

यसैगरी, पूर्वसभासद् तिलक परियारले नारी दिवसलाई महिलाको त्याग र बलिदानस्वरुप पाएको दिनको रुपमा चित्रण गरे । उनले यो दिवसले आफ्नो अधिकारको समान हक, समान कामको समान ज्याला र महिलाको समान जनसहभागितामा रुपान्तरण गरेको जानकारी गराए ।

आजभन्दा १०९ बर्ष अगाडि महिलाहरुलाई भोट गर्न पाउने अधिकार नभएको स्मरण गर्दै विभेदको अन्त्यको रुपमा आजको दिनलाई महिलाहरुको अधिकार सुनिश्चितताको रुपमा हेर्नुपर्ने उनको धारणा छ ।

पूर्व सांसद् नानीमाया दाहालले महिलाहरुले आफ्नो अधिकारको रुपमा सचेत हुनुपर्ने जानकारी गराइन् । जबसम्म समाजले समान हकअधिकारको प्रत्याभूति गराउँदैन तबसम्म समानता र अधिकार संविधानमा मात्रै सिमित बन्ने उनको जिकिर छ ।

मुलुक सक्षम र समृद्ध बन्न नारीको सम्मान रहेको उनको भनाई छ । ‘जुन देशमा नारीको सम्मान हुदैन त्यो देशको बिकास र समृद्धि कल्पना बाहिरको कुरा हो’, उनले भनिन् । उनले नारीलाई पृथ्वीसँग तुलना गरिन् ।

आयोजक संस्थाकी अध्यक्ष कोपिला कुँवरले आफ्नो संस्था द्वन्द्वको क्रममा परेकाहरुको परोपकारमा लागिरहने विश्वास दिलाइन् । कुँवरले आफू र आफ्नो संस्थाको क्रियाशिल सदस्यहरु जनयुद्वका मारमा परेका नागरिकको समस्या समाधानको निमित्त अहोरात्र सक्रिय रहने पनि जनाइन् । प्रभावितहरुलाई स्वास्थ्य, शिक्षा र आवासमा सहयोग पुर्याउन संस्थाले १५ जना बालबालिकाहरुलाई आवासिय सुविधासहितको व्यवस्था गरिसकेको उनले बताइन् ।

१५ देखि २० पीडित परिवारलाई आवासको व्यवस्थाको लागि संस्थाले आवश्यक पहल गरिरहेको उनको भनाई थियो ।