शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

बेल्जियममा रोकियो जनसम्पर्क समितिको पाँचौ अधिवेशन

दैनिक नेपाल २०७५ फागुन २४ गते ८:३६

बेल्जियम । कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको पाँचौ अधिवेशन स्थगित भएको छ । जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएकी हुन् ।

उनका अनुसार यही आइतबार हुने भनिएको अधिवेशन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार स्थगित गरिएको हो । अर्को सूचना जारी नभएसम्म अधिवेशन नगराउन केन्द्रीय कार्यालयले हालै परिपत्र गरेको थियो ।

ुकेन्द्रसँगको परामर्श र सम्बन्धित सबै पक्षको छलफल, सल्लाह, सहमति र सहभागितामा यस समितिको पाँचौ अधिवेशन यथासक्य छिटो सम्पन्न गरिने जानकारी गराउँछौुं अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित