
काठमाडौं, २३ फागुन । माछापुच्छ्रे बैंक लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।
सम्झौता पश्चात् अब बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउन तथा जीवन बीमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने भएका छन् ।















प्रतिक्रिया