काठमाडौं, २३ फागुन । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले कार्यालय अनुगमन गर्दै आएकी छन् ।
उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक थियो ।
कार्यालय भवन सार्ने बिषयले चावहिल मालपोत कार्यालयका कामु कार्यालय प्रमुख पदम अर्याललाई ‘के खोज्छस् … आँखो’ भएको छ । चावहिल मालपोत कार्यालय आफ्नै भवनमा सार्न निर्देशन दिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो ।
अर्को भाडाको घर खोजेर सार्न निर्देशन दिएपछि कार्यालय प्रमुख पदम अर्याल अहिले धुईपत्ताल भवनको खोजीमा जुटेका छन् ।
नयाँ कार्यालयका लागि भवन खोज्ने क्रममा उनीहरुले कमिसनको मोलमोलाई गर्दै आएका छन् ।
कार्यालय प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत अहिले मालपोत कार्यालयका लागि भवनको खोजीमा जुटेका छन् ।
उनीहरुले ५० प्रतिशत कमिसन दिने घर खोजी गर्दै आएका छन् । भूकम्पभन्दा अघि नै मालपोत कार्यालय चावहिलको गंगाहिटीको घर भत्किएपछि हालको भवनमा सारिएको थियो ।
गंगाहिटीमै मालपोत कार्यालयको भवन छ । भाडाको घर खोज्नू भनेपछि कामु कार्यालय प्रमुख पदम अर्याललाई कमिसन खान सहज भएको हो ।
उनी मन्त्रीको नाम लिंदै भवन भाडामा कमिसनको बार्गेनिङ गरिरहेका छन् । मालपोत कार्यालय आफ्नै भवनमा सार्दा मासिक रुपमा २ लाख रुपैयाँ सरकारी कोषको रकम बचत हुन्छ ।
















प्रतिक्रिया