बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

भारतीय सैनिक पाइलट अभिनन्दनको जुँगा भाइरल

दैनिक नेपाल २०७५ फागुन २२ गते १५:११

काठमाडौं । पाकिस्तानले छाडेका भारतीय पाइलट अभिनन्दन भारतमा एकाएक भाइरल भएका छन् । विशेष गरी उनको जुँगाको ‘स्टाइल’ हाल देशभर भाइरल भएको हो ।

लडाकु विमान उडाएर पाकिस्तान पुगेका उनी भारतमा निकै चर्चित बनेका हुन् । पाकिस्तानी सेनाले उनलाई भारत फर्काएसँगै उनको चर्चा बढेको छ ।

पाकिस्तानले अभिनन्दनलाई गत शुक्रबार स–सम्मान भारत फर्काएको थियो। अभिनन्दनले आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताएका थिए।

अभिनन्दनको जुँगा अहिले भारतीय पुरूषमाझ ‘ट्रेन्ड’ नै बनेको छ। उनको पहिचानसँगै जुँगा पनि यति चर्चित छ की धेरैले उनको जस्तै जुँगा बनाएर सामाजिक सञ्जालमा फोटा हाल्न थालेका छन्।

अभिनन्दनको जुँगाको स्टाइल ‘ह्यान्डलबार’ भनिएको छ। अलि बेग्लै खाले देखिए पिनि यो शैलीको जुँगा भारतमा नयाँ भने होइन। पुराना फिल्मका खलनायक, सेना तथा प्रहरीहरूले यसकिसिमको जुँगा राखेको पाइन्थ्यो। अहिले भने यो जुँगा अभिनन्दनको प्रतीक बनेको छ। उनका प्रशंसकले यसलाई ‘बहादुरी र देशभक्ति’ को संकेत मानेका छन्।

भारतमा कतिपय शैलुनहरुले त्यस्तो आकारको जुँगा बनाउनेलाई सित्तैमा सर्भिस समेत गरेका छन् । बैंगलरूका एक नाइले सोमबार आफ्नो सेलुनमा आउने ग्राहकसँग पैसा नै लिएनन्। -विविसीकाे सहयाेगमा

प्रतिक्रिया
सम्बन्धित