काठमाडौं, २२ फागुन । एनआईसी एशिया क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवशरमा नयाँ ग्राहाकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको छ ।
सो सुविधाअन्तर्गत एनआईसी एशियाको डिम्याट खातामा फागुन २२ देखि चैत ६ का लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।
डिम्याट खातासंगै एनआईसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।















प्रतिक्रिया