
काठमाडौं, १९ फागुन । प्रभु बैंकले संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तर गर्ने भएको छ । बैंकले संस्थापक सेयरको हिस्सा घटाउने भएको हो ।
आइतबार सम्पन्न बैंकको १७औं साधारणसभाले बैंकमा रहेको ६१.३१ प्रतिशत संस्थापक सेयरलाई घटाएर ५५ प्रतिशतमा झार्ने निर्णय गरेको हो । अब बैंकमा ४५ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा हुने भएको छ ।
बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधानकार्र्यालयमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष ०७४/०७५को वासलात, नाफानोक्सानहिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।
साधारणसभाले ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे बमोजिम बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिनतथा १६५ शाखा कार्यालयसहित देशभर फैलिएको ठूलो बैंकिङ सञ्जालको माध्यमबाट १२ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।















प्रतिक्रिया