२० कार्तिक २०८३, शुक्रबार

समुदाय प्रहरी साझेदारीको तीन महिने योजना सार्वजनिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‍‍

-मिना बुढाथोकी

सल्यान, १९ फागुन । जिल्ला प्रहरी कार्यालय सल्यानले त्रैमासिक समुदाय प्रहरी साझेदारी योजना सार्वजनिक गरेको छ । आइतबार समुदाय प्रहरी साझेदारी समूहको बैठक बसी आगामी तीन महिने कार्यक्रम सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

जस अन्तरगत जिल्लाका सबै स्थानीय तहमा चैत महिना भित्रै समुदाय प्रहरी साझेदार समितिहरुको बैठक तथा अन्तरक्रिया सम्पन्न गर्ने, आधारभूत सुरक्षा, बाल विवाह, दाइजो छाउपडी, बोक्सी प्रथा र सामाजिक विकृति नियन्त्रण गरिने भएको छ ।

यस्तै, लागूऔषध र मदिरा नियन्त्रण, राजमार्गमा रहेका प्रहरी युनिटद्वारा सडक सुरक्षा कार्यक्रम, सरसफाइ कार्यक्रम, महिला तथा बालबालिका, जेष्ठ नागरिक विरुद्धका अपराध र हिंसा नियन्त्रण सम्बन्धी कार्यक्रम, सीसीटिभी र खन्य सुरक्षा उपकरणको स्थापना र विस्तार, मानव बेचविखन नियन्त्रण, जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाका लागि साइभर सुरक्षा सम्बन्धी कार्यक्रम गरिने भएको छ ।

यस्तै, विपद व्यवस्थापन, एकीकृत घुम्ती शिविर, आधारभूत कानुनलगायतका कार्यक्रमहरु संचालन गरिने प्रहरीले जनाएको छ ।