२० कार्तिक २०८३, शुक्रबार

देश र जनताको हितमा पत्रकारिता गर्नुस् : अध्यक्ष आचार्य

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–मिना बुढाथोकी
सल्यान, १८ फागुन । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कुनैपनि पत्रकारले नेपालको सार्वभौमिकतामा खलल पुग्नेखालका समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । उनले देश र जनताको हितमा रहेर पत्रकारिता गर्न सबै पत्रकारलाई आग्रह गरेका हुन् ।

प्रेस काउन्सिल नेपालले शनिबार सल्यान खलंगामा आयोजना गरेको पत्रकार आचारसहिंता जागरण कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता हुन नसक्ने बताएका छन् ।

अध्यक्ष आचार्यले नेपालका सार्वभौमिकतामा खलल् पुग्ने खालका समाचारले देशलाई हित नगर्ने भन्दै उनले पत्रकारले राष्टलाई समृद्धतिर लैजाने समचार सम्प्रेषण गर्नुपर्ने बताए। पत्रकारिता स्वयंका लागि नभई देश र जनताको लागि भएकाले जनतालाई सत्यतथ्य सूचनामात्र सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य इश्वरी ओझाले पत्रपत्रिकाको बाढीसँगै विकृतिको पनि बाढी आइरहेको बताए ।