१ कार्तिक २०८३, आइतबार

जर्मन लिगमा डर्टमण्डसँग अग्सबर्ग २–१ ले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ फागुन । जर्मन बुण्डेसलिगाको लिग लिडर बोरुसिया डर्टमन्डले अग्सबर्गसँग दुई(एकको आश्चर्यजनक हार व्यहोरेको छ ।

शुक्रबार राति अग्सबर्गको घरेलु मैदानमा भएको खेलमा बोरुसिया डर्टमुन्डलाई हारको स्वाद चखाउन जी डोङ उनले दुई गोल गरे ।

घरेलु दर्शकमाझ अग्सबर्गका लागि जी डोङले खेलको २४ औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अग्सबर्गले ६७ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्‍यायो । यसपटक उसका लागि फेरि जी डोङले नै गोल गरे ।

दुई गोलले पछि परेको बोरुसियाका लागि ८१ औं मिनेटमा पाको एल्काचेरले गोल गर्दै अन्तर कम गरे पनि उनको गोल टिमलाई हारबाट बच्न प्रयाप्त बनेन ।

जारी लिगमा बोरुसियाको यो दोस्रो हार हो । यो हारपछि उसले दोस्रो स्थानको बार्यन म्युनिखसँग ६ अंकको अग्रता बनाउन बनाउनबाट चुक्यो । डर्टमुन्डको २४ खेलबाट ५४ अंक छ भने दोस्रो स्थानको बायर्नको २३ खेलबाट ५१ अंक छ ।