बिहीबार, ९ जेठ २०७६
DainikNepal.com
बिहीबार, ९ जेठ २०७६

मैले आफ्नै श्रीमतीको फोटो राखेर विकृतिविरुद्ध व्यङ्ग गर्न नपाउनु ?

सरगम भट्टराई २०७५ फागुन १७ गते १५:०९

-सरगम भट्टराई

केही महिना अघि एउटा फेसबुकमा स्टाटस लेखेको थिएँ, ‘श्रीमतीलाई खुशी पार्न केही गर्नु पर्दैन, केवल “डार्लिंग यु लुक सो स्वीट एण्ड क्युट” मात्र भनिदिए पुग्छ।”

श्रीमतीको आँखा पछाडि बवन्डर गरेर श्रीमतीको अगाडि यसो भन्नेहरु कति छन् मलाई थाहा छैन तर, यति भन्दैमा मख्ख पर्ने महिला कमसेकम शहर भित्र छैनन् भन्ने लाग्छ मलाई । मैले केवल महिलाहरुलाई खुशी हुन ठूलो कुरा चाहिदैन, थोरै मायामा बहकिन्छन् भनेर व्यङ्ग गरेको थिएँ । त्यो पनि महिला दिदी बहिनीको बिरुद्दमा थिएन।

श्रीमती खेलौना हुन् ? श्रीमती पुरुषका ललिपपमा मख्ख पर्ने साधन हुन् ? के ठानेर यो स्टाटस लेख्यौ ?  यही लेखाईले तिम्रो स्तर निर्धारण गर्यो, तिमीलाई मैले राम्रै मान्थेँ तर, मेरो नजरबाट गिर्यौ।

श्रीमतीप्रतिको मेरो दृष्टिकोण कस्तो छ भन्ने कुरा मेरा आफन्त लगायत साथीभाई सबैलाई थाहा थियो । जस जसलाई थाहा थियो, तिनीहरुले त्यसलाई एउटा व्यङ्ग मात्र बुझे ।  धेरैले हाहाहा रियक्ट गरे । मैले पनि कमेन्ट कुरेर बसेँ।

एक्कासी कुनै महिला अधिकारकर्मीको टिप्पणी आयो, “श्रीमती खेलौना हुन् ? श्रीमती पुरुषका ललिपपमा मख्ख पर्ने साधन हुन् ? के ठानेर यो स्टाटस लेख्यौ ?  यही लेखाईले तिम्रो स्तर निर्धारण गर्यो, तिमीलाई मैले राम्रै मान्थेँ तर, मेरो नजरबाट गिर्यौ।” आदि आदि । त्यो बेला मेरा कान राता भएका थिए।

अर्को एक जना पनि आउनु भो उहाँले पनि दिदीकै लहलहैमा मलाई महिला बिरोधी करार गर्दा मेरी श्रीमती भने मुसु मुसु हाँसिरहेकी थिइन् ।कतिपय मित्रहरुले पनि मेसेन्जरमा ‘कुईयँ’ भनिरहनु भएको पनि देखिरहेको थिएँ।

मैले यो नितान्त व्यङ्ग भएको र महिला या श्रीमतीलाई दबाउने होच्याउने कुनै मनशाय नभएको र यसले कोही कसैलाई चोट पुग्न गएको भए माफी चाहन्छु भन्दै अन्तत: त्यो स्टाटस डिलिट गरिदिएँ । तर, मनमा लागिरह्यो, “के महिलाहरुलाई ईंगित गरेर सामान्य व्यङ्ग पनि गर्न पाईन्न ? के यति गरेकै भरमा म पीडक घोषित हुन्छु ? आडम्वरी अधिकारको न्यानोमा कतै हामी बहकियौँ कि जस्तो लाग्यो।

तारे होटलमा महिला अधिकारको बखान गर्दैमा समाजले कोल्टे फेर्छ भन्ने मैले मान्दिनँ । आरक्षणको नाममा नबीना लामा र राजीव गुरुङ उर्फ दिपक मनाङेले मनग्गे मोज गर्दैमा जनजातिहरुको जीवनस्तर बढ्छ भन्ने कसरी मान्नु ? 

एउटा सामान्य मान्छे भएकोले मैले लेखेको कुराले कुनै ठूलो अर्थ लाग्छ भन्ने त छैन तर, आफ्नो असहमति ब्यक्त गर्दा कसले के भन्छ भन्ने कुराको पछाडि नलाग्ने निर्णय गरेँ । तारे होटलमा महिला अधिकारको बखान गर्दैमा समाजले कोल्टे फेर्छ भन्ने मैले मान्दिनँ । आरक्षणको नाममा नबीना लामा र राजीव गुरुङ उर्फ दिपक मनाङेले मनग्गे मोज गर्दैमा जनजातिहरुको जीवनस्तर बढ्छ भन्ने कसरी मान्नु ?

दुई दिन अगाडि फेरि समाजमा भएको गहना मोह र श्रृंगार मोह प्रति व्यङ्ग गर्दै एउटा ट्विट लेखेँ, ट्विट यस्तो थियो:

साथीको बिहेमा श्रीमतीजीले १ महिना अघि १ लाखको गहना किनिन्, १८००० को साडी, ४००० को स्याण्डल,५९०० कस्मेटिकमा, बिहेको १ दिन अघि पार्लरमा २२००, बिहे हुने दिन २ घन्टा मेक अप, अनि मेरो अगाडि मुसुक्क मुस्कुराउँदै भनिन्, ‘रुप र धन भनेको त केही हैन बूढा, मान्छेको मन पो राम्रो हुनुपर्छ !’

म अझै बेहोश !

यो ट्विट लेखे पछि सोचेँ, कुनै झकिझकाउ गहना र श्रृंगार गरेकी महिलाको फोटो गुगल गरेर खोजौँ र राखौँ । तर, पहिलो पटक सामान्य व्यङ्ग लेख्दा पनि महिला दिदीहरुको आँखाको तारो बनेकोले म झस्किएँ । कथंकदाचित कसैको आँखामा पर्यो भने त फेरि मेरो बाह्र बज्ने छ । त्यसैले यो व्यङ्गमा कुन फोटो संग्लग्न गर्ने भनेर आफ्नै श्रीमतीसँग सल्लाह गरेँ । श्रीमतीले फेसबुक भरि आफ्नै फोटो खोजेर एउटा फोटोलाई क्रप गरेर यो हाल्नु न त भनेर फोटो दिएपछि त्यसै अनुसार फोटो अपलोड गरेँ ।

ट्विटरमा अलि नयाँ भएकोले होला, एक दिन सम्म त्यो ट्विट खासै कसैको आँखामा परेन तर, कसैले मैले श्रद्दा गर्ने एकजना दिदीको आँखामा पार्दिएपछि दिदीको पारो तातिहाल्यो । दिदीको ट्विट सरकारी आयोगकै पूर्व अधिकारीको आँखामा परेपछि त्यताबाट पनि केही त आउने नै भयो । मेरो ट्विट विद कमेन्ट रिट्विट भो, अर्थात गम्भीर आपत्ति प्रकट गरियो।

मलाई अरुको श्रीमतीको फोटो, अनुमति बिना किन ट्विट गरेर महिलाको मान हानी गरेको, महिला प्रति भद्दा मजाक गरेको, अर्काको व्यक्तिगत जीवनका कुरा खोतलेको, फोटो राख्नु अघि नसोधेको आदि आदि आरोप भेटेँ । प्राप्त टिप्पणीको नम्र तरीकाले प्रत्युत्तर दिएँ।

मेरै बराबरको अध्ययन गरेकी, सक्षम र स्मार्ट मेरी श्रीमतीको फोटो उनकै सिफारिश र रोजाईमा सामाजिक बिसंगति बिरुद्द प्रहार गर्न मैले किन अपलोड गर्दा के बिराएँ भने पछि दिदीले अरु नै उदाहरण दिनु भयो, अर्की अधिकारवादी दिदीले ट्विट डिलिट गर्नु भएछ । कसैले आफ्ना छोरा छोरी भन्दैमा ढुंगामा बजार्न पाइन्छ भनेर कुतर्क पनि गरिरहेका थिए ।

यति बेलासम्म म भने अलि कडा भईसकेको थिएँ, अलि कडा रुपमा प्रस्तुत भएँ:

“दिदी, सक्ने भए आडम्वरी समाजको चिन्ता गर्नुस, हुनेले घर जग्गा र नहुनेले किड्नी बेचेर गहना किन्ने र गहना उत्सव गर्नेहरु बारे चिन्ता गर्नुस् । पार्टी प्यालेश र स्टार होटलमा हुने तडक भडकबारे चिन्ता गर्नुस आदि आदि । मेरी श्रीमतीले माथिका कुनै शृंगार गर्दिनिन्। यो तथ्य अगाडि ल्याउन मैले अरुको फोटो राख्न नमिल्ने भएर उनको राखेको हो । बहस मसँग हैन त्यो तप्कासँग गर्नुस। दिदीले बहस गर्न ब्यर्थ छ भन्दै बाटो लाग्नु भयो।

बिहेमा मलाई दाईजोको नाममा केही दिनु भयो भने यो विवाह अस्वीकार्य छ भनेर मैले त्यति बेला भन्दा उपस्थित मान्छेहरु हेराहेर गरेको मलाई ताजै छ।

अब म मेरो र मेरी श्रीमतीका बारेमा लेख्न चाहन्छु।

मैले २०६५ सालमा बिहे गरेँ । बिवाह अगाडि घरमा चाहिने भाँडा कुँडा, कुर्सी टेवल र बिछ्यौना किनेको देख्दा छिमेकीहरु भन्ने गर्थे, “मान्छेहरु बिहेमा दाईजो आउँछ भनेर भएको पनि लुकाउँछन् तिमी चाहिँ किनेर ल्याउँछौ।” म सुनेको नसुन्यै गर्थेँ। बिहेमा आडम्वरी खर्च गर्नु हुन्न भनेर ईंगेजमेन्ट पनि मैले छुट्टै गरिन। बिहेमा मलाई दाईजोको नाममा केही दिनु भयो भने यो विवाह अस्वीकार्य छ भनेर मैले त्यति बेला भन्दा उपस्थित मान्छेहरु हेराहेर गरेको मलाई ताजै छ। असाध्यै साधारण शैलीमा सिद्द बाबा मन्दिरमा हाम्रो बिवाह भयो।

बिहेमा किनेको चान चुन २ तोला सुन पनि हामीले अड्को परेको बेला बेच्यौँ। पछि साथमा पैसा हुँदा पनि गहना किनेनौँ । हाम्रै आफन्तले एक सेट रोल गोल्डको गहना किन्न सुझाए पछि मलाई पनि स्वाभिमानमा धक्का लागेको महशुस भयो, आखिरीमा म पनि यही समाजकै उत्पादन थिएँ । मेरै आग्रहमा उनले गहना किनिन् । नगद पैसा त्यत्तिकै राख्नु भन्दा सुन किन्दा फाईदै हुने कुरा पनि त्यहि बेला थाहा पाइयो ।

तर, उनले अहिले पनि गहना प्रदर्शन गरेर हिड्दिनन् ,२०० रुपैयाँको क्रिम किन्दा पनि म संग सोध्छिन्, एक दुई चोटी बाहेक ब्युटी पार्लर गएकी छैनन् । म आफै पनि केही किन्दा सल्लाह गर्छु । जन्म दिनमा तडक भडक गरेर हामी मनाउँदैनौँ,  बरु अनाथालयमा गएर मनाउँछौँ। तर,  उनकै फोटो सामाजिक संजालमा राख्नु पर्दा मलाई नमजा लागिरहेको थियो । तर, मैले अरुको फोटो राखेर ब्यंग गर्न सुहान्नथ्यो।

परिवारमा छोरी र बुहारीलाई भेदभावले हेरेको मलाई अनुभव थिएन । आमाले मलाई बूढेसकालमा पाल्ने बुहारीलाई मैले जति माया गर्यो त्यति माया पाउँछु भन्नु हुन्थ्यो । यहाँ सम्म कि ६ महिना अमेरिका घुम्न गएकी मेरी आमा घरमा माईली बुहारीले दु:ख पाई भनेर तीन महिनामै फर्किनु भयो । त्यस्ती आमाको छोरो म पनि किन क्रुर हुन्थेँ र ?

मैले श्रीमती प्रेग्नेन्ट हुँदा उनलाई गह्रौ उचाल्न त के लुगा धुन सम्म दिइनँ ।  भाँडा पनि प्राय: म आफै माझ्थेँ । श्रीमतीलाई मात्र हैन आमालाई पनि सक्ने सबै काम म नै गर्थेँ । मैले घर लिप्दा, भाँडा माँझ्दा आमाले अरुले के भन्लान् छोड् भन्नु हुन्थ्यो ।मैले बूढी भएकी आमालाई काम लगाएर म बस्दा भगवानले के भन्लान् भन्थेँ ।

यो काम नारीको र यो काम पुरुषको भन्ने कुरालाई म शिक्षित नहुँदै बुझेको थिएँ । पछि युनिसेफ र युएनडिपीको कार्यक्रममा काम गर्दा म अझ बढि महिला अधिकारवादी भएको थिएँ । महिलाहरु अघि बढ्न बिद्यमान सामाजिक जालो भत्काउनुपर्छ भन्थेँ । तर, ती संस्थाकै रिपोर्टिंग गर्ने तरीका मलाई मन पर्दैनथ्यो । तिललाई पहाड बनाउने प्रबृर्तिले कहिलेकाहीँ मन खिन्न हुन्थ्यो।

अब ट्विटतिरै फर्कौँ,  मेरो ट्विटमा कस कसका आँखा परे त ?

१:  पहिलो थरी मान्छेहरु सौन्दर्य प्रेमी थिए, जुम गरी गरी  फोटो हेर्न खोज्ने, श्रृंगार कत्तिको छ भन्ने उनीहरुको आँखामा मेरी श्रीमतीको खासै श्रृंगार नभएको फोटो खासै परेन।

२: दोश्रो थरी मान्छेहरुले नितान्त गहनाको मात्र सन्दर्भ हेरे, कति तोला सुन, कतिको साडी, कतिको पार्लर,कति पैसाको मेक अप आदि ।

३: तेश्रो आँखा अधिकारकर्मीहरुको थियो, वहाँहरुको आपत्ति श्रीमतीको फोटोको दुरुपयोगले महिलाको खिल्ली उडाएको भन्ने थियो । मैले मेरी श्रीमतीको फोटो हो भन्दा भन्दै पनि ममाथि प्रश्नको बर्षा भईरहेको थियो ।

४: चौथों आँखा राजनीति केन्द्रित थियो, सुसंस्कृत राजनीतिको समर्थन गर्नेले श्रीमतीको गहना देखाएर आडम्वर या धन प्रदर्शन गरेको भन्ने थियो ।

५: हल्का व्यङ्ग मन पराउनेहरुले दाई ! भरे बाहिरै सुत्ने भईस्, हाम्रा बूढीहरुलाई गहना किन्न उक्साईस, त्यत्रो मेक अप पछि भाउजुको अनुहार आदि आदि थियो । दुर्भाग्यवश: भनौँ कि के भनौँ मेरी उनीले रोजेको त्यो फोटोमा न त धेरै मेक अप नै थियो, न त गहना नै राम्ररी मिलाएर नै लगाईएको थियो।

तर, मैले प्रहार गर्न खोजेको बिसंगतिमा कसैको आँखा पुगेन । बढ्दै गएको सामाजिक आडम्वरबारे कोही बोलेन । तीजमा गहना नभएकै कारणले माइत नजाने गए पनि नाँच्न मेलामा नजाने दिदी बहिनी मेरै आँखा अगाडि थिए, ऋण गरेर गहना किन्नेहरु पनि मेरै अगाडि थिए।फजूल खर्चमा हामी कसरी फँसिरहेका छौँ भन्ने ईस्यु कतैबाट उठेन । अनि सबैको जवाफ एकै ठाउँमा दिन लेख नै लेख्ने निधो गरेँ ।

कतै बलात्कार हुँदा सबै पुरुषलाई बलात्कारी देख्ने, कतै पुरुषले हिंसा गर्यो भने सबै पुरुषलाई हिंस्रक नै देख्ने र सानो तिनो समाधान उन्मुख झगडालाई पनि अधिकारको नाममा सम्बन्ध बिच्छेदमा लगेर टुंग्याउनेहरु बारे पनि बोल्न मन लाग्यो ।

लेख नै लेख्नै परे पछि सबै भँडास एकै पटकमा पोख्नै पर्यो । हरेक सानो घरायसी घटनालाई अधिकारको दैलोमा लगेर ठोक्याउनेहरुलाई पनि जवाफ दिन मन लाग्यो । अधिकारको नाममा माया र विश्वासलाई कति कमजोर बनायौँ भन्ने पक्ष खोतल्न मन लाग्यो । ल तैले मलाई माया गर्नै पर्छ भनेर लादेको अधिकारले सुखी त बनाउला तर खुशी कसरी बनाउला ? हुन त एउटा लेखमा सबै कुरा त कसरी समेटिएला र ?

कतै बलात्कार हुँदा सबै पुरुषलाई बलात्कारी देख्ने, कतै पुरुषले हिंसा गर्यो भने सबै पुरुषलाई हिंस्रक नै देख्ने र सानो तिनो समाधान उन्मुख झगडालाई पनि अधिकारको नाममा सम्बन्ध बिच्छेदमा लगेर टुंग्याउनेहरु बारे पनि बोल्न मन लाग्यो ।

कागजपत्र तयार हुनै लाग्दा दिदी चाहिँ अन्योलमा हुनुहुन्थ्यो, ‘हैन, डिभोर्सै गर्नु पर्ने कारण त थिएन मैले त यसो घुर्की पो लगाको थिएँ।’ तर पछि हट्ने ठाउँ थिएन । अन्तत: दिदीले डिभोर्स लिनुभयो ।

मेरो चिनजानकी एक जना दिदी हुनुहुन्छ । १५ बर्ष पहिले भिनाजुसँग उहाँको सामान्य घर झगडा भयो । रिसको झोँकमा कुनै अधिकारकर्मीकोमा के जानु भएको थियो, उहाँलाई डिभोर्सको प्रकृया थाल्न दवाव आयो । भिनाजुलाई नराम्रो देखाउन तिनै अधिकारकर्मीले सुझाए, यसो गरे सम्बन्ध राम्रो हुन्छ भन्ने कोही भएनन् ।

कागजपत्र तयार हुनै लाग्दा दिदी चाहिँ अन्योलमा हुनुहुन्थ्यो, ‘हैन, डिभोर्सै गर्नु पर्ने कारण त थिएन मैले त यसो घुर्की पो लगाको थिएँ।’ तर पछि हट्ने ठाउँ थिएन । अन्तत: दिदीले डिभोर्स लिनुभयो । अहिले उहाँ सिंगल मदरको रुपमा कष्टकर जीवन काटिरहनु भएको छ । उहाँलाई सामान्य घर झगडामा डिभोर्सको अवस्था आएकोमा पछुतो छ । अर्को बिहे गरे पनि भिनाजु पनि खुशी हुनुहुन्न ।

शहरमा अचेल यस्ता घटना छ्यास्छ्यास्ती छन् । ‘मि टू’अभियानकै आडमा ‘हि टू’ गरेर आरोप लगाउनेहरु पनि बढेका छन् भने वास्तविक पीडितहरु बाहिर निस्केकै छैनन् । साना तिना कुरालाई कर्तब्यमा लगेर सुल्झाउनु पर्नेमा मान्छेहरु अधिकारमा लगेर ठोक्याउँदा धेरै सम्बन्धहरु डरमा अडेका छन्।

नारी सृष्टि हुन्, नारी आमा हुन्, नारीको दमन गरेर समाज अघि पक्कै बढ्दैन तर, पनि पुरुषलाई शत्रु मात्र देखेर हामीले कस्तो समाजको परिकल्पना गरेका छौँ मैले बुझ्न सकेको छैन । धेरै बिद्वान वर्गहरु महिला बिरोधी ट्याग लाग्ने डरले बोल्न चाहँदैनन् ।

नारी सृष्टि हुन्, नारी आमा हुन्, नारीको दमन गरेर समाज अघि पक्कै बढ्दैन तर, पनि पुरुषलाई शत्रु मात्र देखेर हामीले कस्तो समाजको परिकल्पना गरेका छौँ मैले बुझ्न सकेको छैन । धेरै बिद्वान वर्गहरु महिला बिरोधी ट्याग लाग्ने डरले बोल्न चाहँदैनन् । मलाई थाहा छ, यस लेखको पक्षमा पनि बोल्ने छैनन् ।

तर, सामान्य ब्यंगलाई पनि दमन देखेर हकार्दै जाने हो भने हामी कहाँ पुगेर अडियौँला ? मैले कसैको ब्यक्तिगत आलोचना हैन हाम्रै समाजको प्रबृत्तिबारे लेख्दा मलाई हेर्ने नजरिया एक दुई तह घटुवा हुन्छ भने त्यसलाई बरु स्वीकार गरूँला, तर अधिकारका आँखाले कर्तब्यको मुटु धड्केको पनि हेरियोस् न है !

Twitter: @Sargamforchange

प्रतिक्रिया
सम्बन्धित