२० कार्तिक २०८३, शुक्रबार

पोखराको प्रदर्शनी केन्द्रमा राखियो रबीन्द्र अधिकारीको शव

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ फागुन । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ ।

मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा पु¥याइएको हो । यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु हुने सातै जनाको शव सामूहिक श्रद्धाञ्जलीका लागि बिहान काठमाडौँको टुँडिखेलमा राखिएको थियो ।

जिल्ला पार्टी र परिवारको आग्रहमा उनको शव अन्त्यष्टिका लागि पोखरा ल्याइएको हो । श्रद्धाञ्जी कार्यक्रमपछि शवयात्रा निकालेनिछे ।
पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

उनलाई उपप्रधान एवं रक्षामी ईश्वर पोखरेले राष्ट्रिय झण्डा ओढाउने छन् भने नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाउनेछन् ।