
काठमाडौं, १७ फागुन । नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार एकैदिन ४ सय रुपैयाँले गिरावट आएको हो ।
शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६२ हजारमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ६२ हजार ४ सय रुपैयाँ रहेको थियो ।
शुक्रबार तेजावी सुन तोलामा ६१ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी पनि बिहीबारको तुलनामा शुक्रबार ५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया