२० कार्तिक २०८३, शुक्रबार

काँग्रेस सभापति देउवाले निर्मला पन्तका परिवारलाई भेटे

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् ।

शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने बताए ।

उनले निर्मलालाई न्याय दिलाउन र अपराधी पत्ता लगाउन आफू र आफ्नौ पार्टी कटिबद्ध भएर लागिपर्ने बताए । बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले निर्मलाका परिवालाई भेटेका हुन् ।

कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव उद्घाटनका लागि देउवा कञ्चनपुर पुगेका हुन् ।