२० कार्तिक २०८३, शुक्रबार

टेलिफोन सेवा अवरुद्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, १७ फागुन । प्यूठान जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बीटीएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो ।

४ फागुनमा चट्याङले क्षति पु-याएको बीटीएस टावर अझै बन्न सकेको छैन । सो टावरमा क्षति हुँदा टेलिफोन सेवाग्राही करिब दुई सातादेखि सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

चट्याङले टावरमा क्षति पु-याएकाले अझै करिब दुई साता मर्मतसुधार गर्न लाग्ने दूरसञ्चार कार्यालयका प्रमुख कृष्ण श्रेष्ठले बताए । घटनापछि नेपालगन्जस्थित दूरसञ्चार कार्यालयबाट प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन गरी क्षतिको विवरण संकलन गरेकोे र टावरका उपकरण मर्मत भइरहेको उनले बताए ।

लगातार दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासीका साथै वैदेशिक रोजगारीमा गएकाहरू आफन्तजन र घरपरिवारसँग सञ्चार सञ्चार सम्पर्क गर्न पाएका छैनन् ।