५ कार्तिक २०८३, बिहिबार

अभिनेत्री कंगनासंग अर्की अभिनेत्री करिना प्रभावित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले आफू अर्की हिरोइन कंगना रनावतको बायोपिक फिल्म हेर्न निकै आतुर रहेको बताएकी छिन् । मर्णिकर्णिका–झाँसीकी रानी फिल्मको सफलतापछि कंगनाले आफू अब आफ्नै जीवनकथामा फिल्म निर्माण गर्न लागेको बताएकी थिइन् ।

करिनाले आफूलाई कंगना निकै मन पर्ने बताउँदै उनको बायोपिक फिल्म हेर्न निकै आतुर भएको उत्तर दिएकी थिइन् । ‘मलाई कंगना निकै बोल्ड लाग्छ,’ करिनाले भनेकी छिन्, ‘म उनको ठूलो फ्यान हुँ । मलाई उनी निकै बहादुर र बुद्धिमान् महिला लाग्छ ।’ करिनालाई पत्रकारले कंगनाको हालै प्रदर्शित मर्णिकर्णिकाको बारेमा पनि सोधेका थिए ।

करिनाले आफूले अहिलेसम्म त्यो फिल्म हेर्न नपाएको जवाफ दिइन् । उनले भनिन्, ‘मैले अहिलेसम्म मर्णिकर्णिका हेर्न भ्याएकी छैन । अब छिट्टै हेर्ने योजना छ । सैफले पनि उनलाई बधाई दिएका थिए ।’

कंगनाले आफ्नो जीवनीमा बन्ने फिल्मको निर्देशन आफैँले गर्ने बताएकी छिन् । उनले यो बायोपिकको स्क्रिप्ट बिजेन्द्र सिंहले लेखिरहेको बताउने गरेकी छिन् । सो फिल्मको सुटिङ यही वर्षको नोभेम्बरमा सुरु हुने बताइएको छ । एजेन्सी