मुम्बई । बलिउडका नायक कात्तिक आर्यनको प्रेम चर्चा छ । उनको प्रेम नव–नायिका अनन्या पाण्डेसँग रहेको चर्चा छ । अर्कोतिर, उनलाई नायिका साराअली खानले मन पराएको खबर पनि सार्वजनिक भएका छन् ।
साराले अन्तरवार्तामा कात्तिकसँग डेट गर्न मन लागेको बताएसँगै सारा पनि यो चर्चामा मिसिएकी हुन् । सारा र अनन्याको एक भिडियो सार्वजनिक भएको छ । जहाँ साराअली खानले अनन्यालाई तानेर एक अटोमा चडाएकी छिन् ।
भिडियो हेर्दै गर्दा अनन्या अटोमा बस्न तयार छैनन् । साराले भने अनन्यालाई बस्नका लागि भनेर तानिरहेकी छिन् । एजेन्सी















प्रतिक्रिया