१ कार्तिक २०८३, शनिबार

मद्रसमा जनसम्पर्क समितिको अधिवेशन, नयाँ नेतृत्व चयन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको ११औँ अधिवेशन मद्रासमा सम्पन भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

केन्द्रीय सदस्य लेखकले जनसम्पर्क समिति भारतले निर्वाचनका बेला नेपाली कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा गरे । निर्वाचनमा प्रचार सामाग्रीसहित जनताको घारमा पुगी सहयोग गरेको भन्दै लेखकले नेपाल–भारतबीचको समन्ध नेपालीहरूको पहिचान नेपाललाई पर्यटन क्षेत्रमा भारतमा रहेका नेपालीहरूको मह्तो पूर्ण भूमिका रहेको बताए ।

नेपालका आन्दोलनहरूमा जनसम्पर्क समितिले खेलेको भूमिकाको नेपाली कांग्रेसले उच्च सम्मान गर्दै आएको बताए । जनसम्पर्क समितिले नेपाली जानताको बेतलबी राजदूतको रुपमा सेवा गर्दै आएको जनाउँदै जनताको सेवा गर्ने सम्बन्धि नेपाल बनाउने दल नेपाली कांग्रेस भएको उनले बताए ।

नेपालका सबै आन्दोलनको नेतृत्व र परिवर्तन कांग्रेसकै पहलमा भएको बताएका नेता लेखकले नवनिर्वाचित कार्यसमितिलाई बधाई पनि दिएका छन् ।

विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले प्रवासी नेपालीहरूका समस्याको बारेमा जानाकारी गराए ।

नेपाली जनसम्पर्क समिति भारतले नेपालका ७७ जिल्लाबाट आएका भारतको कश्मिरदेखी कन्याकुमारसम्म रहेका नेपालीहरूलाई सेवा सहयोग गर्दै संघ/संगठनका गतिविधिमा लाग्न निर्देशन दिए । उनले भारतबाट नेपालमा फोन गर्दा नेपाल सरकारकै कारण महंगो मूल्य तिर्नुपरेको उनले गुनासो गरे ।

टेलिफोन शुल्कका कारण भारतमा नेपालीहरू मर्कामा परेको भन्दै अध्यक्ष पाण्डेले तुरुन्तै नेपाल सरकारले प्रक्रिया अगाडि बढाएर नेपालबाट जस्तै सस्तो दररेटमा फोन गर्न पाउने व्यवस्था गरिदिन केन्द्रीय सदस्य लेखकसँग अनुरोध गरे ।

नेपाली जनसम्पर्क समिति दक्षिण भारत समितिको ११औँ अधिवेशनमा सर्वससहमतिबाट देवीराम पौडेलको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा नेपाल महिला संघ दक्षिण भारतको अध्यक्षमा सीता निउरेलाई चयन गरिएको छ । उनको नेतृत्वमा कार्यसमिति पनि बनेको छ ।