मुम्बई । बलिउड अभिनेता अजय देवगणले झण्डै एक वर्षपछि ठूलो पर्दामा आएका छन्। उनी अभिनित चलचित्र ‘टोटल धमाल’ अहिले प्रदर्शनमा छ ।
फिल्ममा अनिल कपूर र माधुरी दीक्षित पनि छिन् । बक्स अफिसमा राम्रो कमाइ गरिरहेको यो फिल्मले नकारात्मक टिप्पणी पनि बटुलिरहेको छ । फिल्मलाई दर्शकले धेरै माया दिइरहेका छन् ।
फिल्मको प्रमोशनका क्रममा अजय देवगन, रितेश देशमुख, अनिल कपूर र निर्देशक इन्द्र कुमारलाई हिन्दी चलचित्रमा राजा जस्तै बसेका नायक भन्ने बित्तिकै कसको नाम याद आउँछ भन्ने प्रश्न गरिएको थियो । यसमा कलाकारहरूले दिएको उत्तर सुन्न लायक थियो ।
अनिल कपूरले आफू राजा सरह बस्ने प्रयासमा रहेको उत्तर दिए । अजय देवगण र रितेशले राजा हुनको लागि चाहिले थप गुणको व्याख्या गरे ।
उनीहरूले पैसाले राजाको आकार नबताउने बताए । उनीहरूले जीवन आफ्नो सर्तमा जिउनु राजा हुनु बताए । उनीहरूले आफ्नो घरमा आफू नै राजा भएको बताए ।
अजयले भनेका छन, ‘राजा जस्तै जीवन बिताउने सलमान खान हुन् । उनी रानी बिनाका राजा हुन् । उनी जीवन आफ्नो सर्तमा जिउँछन् ।’
अनिल कपूरले त्यसपछि उत्तर दिए, ‘रानीसँग जीवन बिताउनु अझै धेरै सुन्दर हुन्छ ।’
इन्द्र कुमार निर्देशित ‘टोटल धमाल’मा अजय देवगण, माधुरी दिक्षित नेने, अनिल कपूर, अश्राध वारसी, रितेश देशमुख, जाधज जफरी अनि सञ्जय मिश्राको मुख्य अभिनय छ । चलचित्र फ्रेब्रुअरी २२ बाट प्रदर्शनमा आएको हो । एजेन्सी















प्रतिक्रिया