
काठमाडौं, १४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडको ८० लाख ३१ हजार ११७ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको गत पुसमा भएको साधारसभाले पारित गरेको १० प्रतिशत बराबरको बोलन शेयरलाई स्टकले सूचीकृत गरेको हो ।
अब बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६९८ भएको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयर धनीहरूलाई आग्रह गरेको छ ।
बैंकको हाल देशभर२७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया