२९ आश्विन २०८३, बिहिबार

आमालाई वेश्या भन्न सक्दिँन म !

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-वि.वि. श्रेष्ठ
काठमाडौं । विश्लेषण र विवेचनाका आफ्नै दायरा हुन्छन् । बौद्धिकताका नाममा खेती गर्नेहरुको बौद्धिक दरिद्रताको स्वरुप देख्दा विद्धतामा नै प्रश्न चिन्ह खडा गराईदिएको छ । विद्धता, सम्वन्धित विषयमा निपूर्णता र त्यसको सहज पाटोका लागि महत्वपूर्ण भूमिका खेल्ने हुनुपर्छ । न की नकरात्मक धारणा र अफवाहका लागि ।

विरोध के का लागि र त्यो मुखातरितले समग्रतामा हानी गर्दछ कि फाईदा ? यसमा आफूलाई वौद्धिक जमातको पगरी गुथ्नेहरुले सोच्ने कौशलता प्रर्दशन गर्न सकेको पाईंदैन ।

सिङ्गो विश्व जमात नै कमजोरीलाई सच्चाएर अगाडी बढेको पाईन्छ । कुनैपनि देश हो वा राष्ट्र, जतिसुकै सम्पन्न देशका मानव जातिको कमी कमजोरी र त्यो व्यक्तिले खेलेको भुमिकालाई हेर्ने हो भने हरेकमा कमजोरीको पहाड पाईन्छ । राजनैतिक प्रतिशोधको आधारमा व्याख्या गर्ने वौद्धिक अनुयायीहरुले आफनो अनुहार हेर्न छाडेर अर्काको आङ्गको जुम्रा खोज्न अभ्यस्त बन्दा सिङ्गो देश र राष्ट्रनै वद्नाम हुने रहेछ भन्ने कुराको हेक्का सकेन ।

नेपालको विकासक्रम र देशले भोगेको घटनाक्रमलाई नियाल्ने हो भने विभिन्न आरोह अवरोह खेप्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दे गर्दा विभिन्न शहिदहरुले दिएको वलिदानी र नेताहरुले खेलेको भूमिकालाई भुल्न हुँदैन । देशको राजनैतिक अवस्था यहाँसम्म ल्याईपु–याउन वौद्धिक जमातको के कति भुमिका रहयो ? आफनो विद्धताले देश र समाज परिवर्तनमा कति भूमिका खेल्यो ? त्यो मनन् नै नगरी विरोधका लागि वरिष्ठ विद्धता भएर देशलाई नै वद्नाम गर्ने तत्वलाई मलजल गर्ने प्रवृत्तिले वौद्धिक शव्दलाई नै धुमिल बनाईदियो ।

सत्यका नाममा भीडमा आमालाई वेश्या भन्न सक्दिन म ! हेर्ने र सोच्ने दृष्टिकोण व्यक्तिको योग्यता, क्षमतामा निर्भर गर्दछ । वेश्या होला तर त्यसलाई पुष्टि गर्ने आधार के ? सत्य र यथार्थको नाममा आफ्नै आमा र देशको वद्नाम गर्ने महान् व्यक्ति बन्नु छैन मलाई ।

अध्ययन, शिक्षा र विषयमा निपूर्णता एउटा पाटो हो भने देश र समाज प्रतिको योगदान अर्को पाटो हो । हरेकतामा कमजोरी हुन्छ भन्ने समान्य ज्ञान पनि नभएका विद्धताले समाजमा फैलाएको विकृति र अराजकताको विश्लेषण चाहि कहिले गर्लान् ?

गीत संगित क्षेत्रमा उर्जावान्, विशिष्ट योगदान भएका नामुद गायकद्धारा गाईएको गीतले देश र समाज नै ध्रुवीकृत गरिदियो । गीत संगीत मार्फत देशमा भएको अराजकता, विकृति, विसंगतिको उजागर गर्नु उसको धर्म हो । तर कर्म, धर्म र स्वतन्त्रताका नाममा गाईएको गीतले विश्वसामु देशको नै वेईज्जत भयो कि भन्ने हो । देशको नागरिक हुनुका नाताले देश को रक्षा र जगेर्ना गर्नु आम नेपालीको दायित्व र धर्म हो ।

देश बनाउने जिम्मा आम नेपाली नागरिकको हो न कि कुनै नेता विशेषको मात्र । शब्द चयनलाई लिएर गायक स्वयंले समाजिक संजालबाट हटाईएको विषयलाई लिएर सत्य र यथार्थको नाममा देशको नै वद्नाम गर्नु वौद्धिक वर्गको धर्म भित्र कसरी पर्न गयो ? कमि र कमजोरी हरेकबाट हुन्छ, त्यसलाई सच्चाएर अगाडी वढिसकेको विषयलाई लिएर वौद्धिक वर्गको रोदनले विद्धता शव्द र वर्गहरुमा नै प्रश्न चिन्ह खडा गरिदियो ।

आमा वेश्या हुन्, थाहा छ तर सत्यका नाममा भीडमा आमालाई वेश्या भन्न सक्दिन म ! हेर्ने र सोच्ने दृष्टिकोण व्यक्तिको योग्यता, क्षमतामा निर्भर गर्दछ, वेश्या हो, तर त्यसलाई पुष्टि गर्ने आधार के ? सत्य र यथार्थको नाममा आफ्नै आमा र देशको वद्नाम गर्ने महान व्यक्ति बन्नु छैन मलाई । विरोधको पनि विषय र त्यसको गाम्भिर्यता खोज्नु नै अहिलेको आवश्यकता हो न कि फगत सस्तो लोकप्रियताका नाममा गरिने हत्कण्डाले केहि समय राहत त देला नै तर त्यसले दीर्घकालीन रुपमा समाज, देश र स्वयं व्यक्तिलाई नै हानी गर्ने कुरामा सोच्न ढिला गर्न हुदैन ।

अनुसन्धानको पाटो लामो, गहिरो र तथ्यमा आधारित हुनुपर्दछ । सतही व्याख्याले गरिने अध्ययनका पाटो र विश्लेषणले यथार्थ निष्कर्ष दिन सक्दैन । देशमा नयाँ व्यवस्थाको शुरुवात् भएको यो सक्रंमणकालीन समयमा देश नै वद्नाम गर्ने गीत संगित यथार्थ र सत्यतामा आधारित छ भने डम्फु वोकेर हिड्नु भनेको आफ्नो परिचय आफैले हत्या गर्नु शिवाय केहि हुन सक्दैन । प्रतिपक्षले समान्य स्वर उठाउनु समेत सान्र्दभिक नहुने सन्दर्भमा स्वतन्त्रता र लोकतन्त्रका नाममा देश का नै विश्वका सामु वद्नाम गर्न खोज्नु भनेको देशद्रोही शिवाय केहि हुन सक्दैन ।

तर अनाहकमा गायककारले कमजोरी सच्चाएर अगाडी बढिसकेको सन्दर्भमा विरोधका लागि मात्र विरोधको आवाजले स्वंयको ओज घटाएको कुरा वौद्धिक जमातले सोच्नु पर्देन ? कि स्वतन्त्रताका नाममा जे गर्न र वोल्न अथवा लेख्न पनि छुट हुन्छ, लोकतन्त्रमा ?

देशका हरेक नागरिकको कर्तव्य हो आफ्नो आमाको रक्षा गर्नु, आमा भन्दा पनि ठुलो आत्मिता र सर्मपण खुलेको हुन्छ देशप्रतिको । तर अनाहकमा गायककारले कमजोरी सच्चाएर अगाडी बढिसकेको सन्दर्भमा विरोधका लागि मात्र विरोधको आवाजले स्वंयको ओज घटाएको कुरा वौद्धिक जमातले सोच्नु पर्देन ? कि स्वतन्त्रताका नाममा जे गर्न र वोल्न अथवा लेख्न पनि छुट हुन्छ, लोकतन्त्रमा ? सत्ता र शक्तिवाट बाहिर रहने पिडामा वोलिने अन्य भाषा जस्तो हुँदैन, राष्ट्रियता, सार्वभौमसत्ता । यो राज्यव्यवस्थाको सृजना टुपी कसेर विद्यावारणी गरेर आएको होईन, देशलाई यो अवस्थामा ल्याईपुरयाउन, पुर्खा र शहिदहरुको भुमिकालाई समेत नजरअन्दाज गरेर सस्तो लोकप्रियतामा भविश्य खोज्न चाहनेहरु देशप्रति कदापी संवेदनशिल छन् भनेर भन्न सकिँदैन ।

हरेक सजिव व्यक्तिमा कमजोरी हुन्छ, कसैले पनि मेरा अवगुण र गल्ति छैनन् भन्न नसक्ला । सत्य र यथार्थताको चाङ्ग खोजेर हेर्ने र त्यसैलाई मात्र बोकेर हिड्ने हो भने जीवन जिउन कदापी सकिँदैन । आफ्नै आमालाई सार्वजनिक स्थलमा वेश्या भनेर चिच्चाएर आफ्नो ओज बढ्दैन भन्ने हेक्का समेत नराख्ने कस्तो सर्जक ? कस्तो वौद्धिकता ? कस्तो देशप्रेम ? भएको कमजोरी लाई सच्चाएर वढ्न सकिन्छ तर आफनै जन्मभुमिलाई वेश्या भनेर चिच्याउने र त्यसैमा रमाउने, कस्ता सिर्जना ?

त्यसैको मसलामा चुस्नी चाखेर उडाउदाँ देशको मायाले अलिकति पनि पोलेन ? गल्ती विगतमा कसले कति गरे, त्यसको लेखाजोखा आवश्यक छ । तर राजनैतिक पूर्वाग्रहले गरिने विरोधको त्यो शैलीलाई आफ्नै जन्मभुमिले कदापि माफ गर्ने छैन । हरेक तत्व गतिशिल रहेको छ, समयअनुसार व्यक्तिको सोच, व्यवहार र दृष्टिकोण पनि फरक पर्दछ भन्ने समान्य चेत पनि राख्न नसक्ने वौद्धिकताको दरिद्र चिन्तनले नेपाल आमा कहिलेम्म रोईरहनु पर्ने हो, आफनो कपुत सन्तानहरु देखेर !