
– सिद्धिचरण भटराई
अहिले नेपाल बौद्धिक संकटले ग्रस्त छ । अर्थात, यसलाई सिद्धान्तको संकट पनि मान्न सकिन्छ । सत्तासिन दल र प्रतिपक्षदेखि ससाना दलहरु समेत सिद्धान्तहरुको चयन र धारणमा अल्मलमा छन । जुन सिद्धान्त बोकेका छन् । र, त्यसमा पनि ढोँग, बनावटी बढी र भर्जिनिटी कम छ । सिद्धान्त पहिचान, छनौट र धारण गर्ने कुरा लामो कठिन अभ्यास र लक्ष्य प्राप्तिसँग जोडिनु पर्छ, साधनाबिना असम्भव जस्तै हुन्छ । तर, यी सबै कुराबाट दलका व्यवहार र क्रियाकलाप कैयौँ टाढा लाग्छन् ।
भर्खरै एकताबद्ध भएको नेकपाको सरकार, यसले लिने बाटो, सिद्धान्त र कार्यक्रममाथि सबै भन्दा बढी छलफल हुनु पर्ने हो । तर एकता भएरपनि सिद्धान्त निर्माण र छलफलबाट भागिरहेको छ, यो पार्र्टी । प्रतिपक्ष दल महाधिवेशनको संघारतिर छ तर यो पार्टीले अन्तरपार्टी सम्वाद परम्परालाई पक्रन र त्यसमा मथिएर उत्पन्न निष्कर्षहरुलाई अंगिकार गर्न सकिरहेको छैन । समाजवाद सबैको नारा हुनु अस्वाभाविक भएन किनभने संविधानमै उल्लेख रहेकोले सबै दलले यसलाई स्वभाविक नारा बनाउने छन् । तर, कस्तो समाजवाद ? विपीले देखेको समाजवाद र पुष्पलालले त्यो बेला देखेको समाजवाद स्वरुप र सारमा नै भिन्न हुन सक्छ । यसमा सैद्धान्तिक तबरबाट छलफल नै आरम्भ नहुनु दुखद हो ।
पार्टी र पार्टीका नेताहरु नयाँ सामन्त जस्ता भएका छन । जनसम्वाद परम्परालाई जनप्रतिनिधीहरुले पुरै भुलेका छन । पार्टीसँग र आम जनतासँग समेत कटेपछि त्यो प्रतिनिधि नवसामन्त भन्दा कसरी भिन्न हुन सक्छ ?
ठूला पार्टीहरुमा जनसम्वाद, सहभागिता र सामाजिकता सबैभन्दा कमजोर भएको छ । यी पार्टीका कथित प्रशिक्षण, भेला, अधिवेशनहरुमा अर्थात बैठकमा समेत सम्वाद परम्परा सबै भन्दा निरीह छ । जुन चरित्रको कार्यक्रममा दोहोरो अन्तरक्रिया आवश्यक हुन्छ त्यसका बनावट पनि एकोहोरो सञ्चार प्रणालीमा आधारित छन् । लाग्छ कि त्यो पार्टीको नेतासँग सर्वव्यापी ज्ञान छ त्यो सुन्न जानु, सुन्नु र घर फर्किनु त्यो पार्टीको कार्यकर्ताको कर्तव्य हो । दोहोर सम्वाद र ज्ञान आदानप्रदानको बिशाल महत्वतर्फ यी कुनै पनि पार्टी कमिटीहरुले ध्यान दिएका छैनन अर्थात ध्यान दिन दिइएको पनि छैन् ।
पार्टी र पार्टीका नेताहरु नयाँ सामन्त जस्ता भएका छन । जनसम्वाद परम्परालाई जनप्रतिनिधीहरुले पुरै भुलेका छन । पार्टीसँग र आम जनतासँग समेत कटेपछि त्यो प्रतिनिधि नवसामन्त भन्दा कसरी भिन्न हुन सक्छ ?
वंगालमा जन्मेर भारतीय उपमहाद्धिपमै प्राज्ञिक व्यक्तित्वका रुपमा नाम लिइने अर्मत्य सेनले आफ्नो प्रसिद्ध कृति –अर्गुमेण्ट अफ इण्डियन– मा लोकतन्त्रलाई बुझ्ने सन्दर्भमा भएका अध्ययनहरुको उल्लेख गरेका छन् । जेम्स वेकननले – लोकतन्त्रलाई सम्वादद्वारा शासन गर्ने आग्रह गरेका छन् । सहभागिताको यस दौरानमा निर्णय प्रक्रियाबाट नै मानिस जीवन मुल्यहरु परिवर्तन नै सम्भव छ । उनले लोकतन्त्रलाई मतदान वा चुनावको स्वतन्त्रताबाट अघि बढाएर कैयौँ गहिराईतिर रहेको जनसम्वाद र सहभागितापूर्ण लोकतन्त्रतिर लैजान आग्रह गरेका छन् । सायद बामपन्थी पार्टीहरुमा रहेको जनवाद र केन्द्रियताको भुमरी र भाष्यबाट हेर्दा यो अझै महत्वपूर्ण र अर्थपूर्ण छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनहरु निकै रक्षात्मक र हिंसासहितको शब्दाडम्बरले भरिएका छन् । उनले सरकारको वचाव गर्नु स्वभाविक हो । तर, तथ्यहरु पस्कँदाको अहमता त्यो पद र लोकतान्त्रिक संष्कारका हिसावले सुहाउने बिषय होइन । हामीले भोगिरहेका मुख्यमन्त्रीहरुका भाषणहरु सुन्दा लाग्छ– सरकार ठीक ठाउँमा छ, उनीहरुलाई कार्यकर्ताले विपक्षीका प्रहारलाई संगठित प्रतिवाद नगरेको मात्र हुन्, जसमा उनीहरुको मनमा खिन्नता छ । तर जनतालाई राज्य वा सरकार ठीक ठाउँमा भएको अनुभुति गराउने बिधि के हो ? भन्ने कुरामा उहाँहरु चुकिरहनु भएको छ ।
चौँथो शताब्दीको अन्ततिर एकपटक बिश्व विजेता सिकन्दर महान विजययात्राका क्रममा उत्तर पश्चिमी भारतमा आएछन् । त्यहाँ शान्त समृद्ध जैन परम्परा थियो । जो बौद्ध परम्परा जस्तै संघ र जनम्सवाद परम्पराले अन्तरघुलित थियो । कैयाँैपटक सिकन्दर महानले जनसम्वाद परम्परामा चलेको राजनीतिक शिक्षाप्रद भाषण सुन्ने अवसर पाएछन् । त्यो बेला उनले सोधेछन् – म जस्तो विश्वविजेतालाई पनि यहाँ किन वास्ता गरिएको छैन ? महत्व दिइएको छैन ?
त्यो बेलामा उनलाई यस्तो उत्तर दिइएको रहेछ साधकहरुबाट – ‘राजा सिकन्दर ! पृथ्वीमा प्रत्येक व्यक्तिले उत्तिनै जमिन पाउने अधिकार देखाउँछ जति उसका दुई पाउले ओगटेको छ । तपाईँ पनि हामी नै सरह मनुष्य हुनु हुन्छ । हो, तपाई सँधै व्यस्त रहनुहुन्छ । आफ्नो र अन्य मानिसहरुका हितका लागि केही न केही गडबड गरिरहनु भएको छ । संसार जितिरहेको तपाईँलाई लागिरहेको छ । छिट्टै नै तपाईँको पनि मृत्यु हुनेछ । त्यतिखेर तपाईँको अधिकार पनि त्यही दुई पाउले ओगटेको जमिनमै सीमित हुनेछ जसको मुनि तपाईँलाई दबाइनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनहरु निकै रक्षात्मक र हिंसासहितको शब्दाडम्बरले भरिएका छन् । उनले सरकारको वचाव गर्नु स्वभाविक हो । तर, तथ्यहरु पस्कँदाको अहमता त्यो पद र लोकतान्त्रिक संष्कारका हिसावले सुहाउने बिषय होइन ।
शासन व्यवस्था कसरी सञ्चालन गर्ने भन्ने थाहा पाउनु महत्वपूर्ण कुरा हो । सिकन्दर महानलाई वेवास्ता गरे जस्तै दुईतिहाईलाई वेवास्ता गर्ने अवस्था अहिले देखा पर्ने खतरा अगाडि देखिएको छ । पार्टी कार्यकर्ता र जनताप्रति अहिले नेकपा नेता केपी ओलीको गुनासो छ ।
कार्यकतालार्ई अरिंगाल बन भन्दा साधु बनिरहेका छन् । प्रतिवाद गर भन्दा चुप लागिरहेका छन् । बलजफ्ती फेसबुक पेज रंगाए पनि जनतामा उमंग र उत्साह छैन् । नीजि क्षेत्र उत्पादनशिल बन्न सकेको छैन् । उत्पादक शक्ति निराश छ । विकास खर्च हुन सकेको छैन् । भ्रष्टाचार बढिरहेको छ । सुशासनका मानकहरु कमजोर भएका छन् । किन ?
बौद्ध धर्म ग्रन्थको सुत्रपिटकको अंगुत्तर निकायमा एउटा प्रसंग उल्लेख छ । यो निकायले कुनै पनि सामाजिक भ्रम, तथ्य, मिथ्यांकबाट कसरी बच्ने भन्ने कुरामा राम्रो मार्गदर्शन गर्दछ । तथ्यलाई कतिवटा कसौटीमा राखेपछि मात्र सत्य मान्ने भन्ने उल्लेख छ । यो शिक्षण आलोचनात्मक र समिक्षात्मक चेतको नजिक छ ।
एकदिन भगवान बुद्ध कौशल जनपदमा पुगे । बुद्धको कृति र यश बारे कौशलबासी जानकार थिए । उनिहरुले बुद्ध नजिक गएर सोधे– हे भन्ते । श्रमण–ब्राम्हण उनीहरु आउँछन आफ्नो मतको प्रशंसा र अरुको मतको निन्दा गर्दछन् । अरुका मतहरु निचा देखाउँछन । फेरी अर्का श्रमण ब्राम्हण आउँछन र त्यसै गर्छन् । हे भन्ते हामीलाई शंका हुन्छ कि कुन सत्य हुन कुन झुट ? हामी अल्मलमा भयौ ।
यो समस्याको समाधान गर्दै बुद्ध भन्छन् – हे कौशलवासीहरु ! शंका गर्नु एकदम ठीक हो । शंकायुक्त व्यवहारमै शंका उत्पन्न हुन्छ । कुनै तथ्यलाई यसकारण मान्न जरुरी छैन कि यो परम्परादेखि चलिआएको हो । प्राचिनकालदेखि कसैले यसको बिरोध गरेको छैन् । कुनै मतालम्वीको आकार ठूलो छ र आकर्षक छ । यसका आधारमा त्यो मतलाई सही मान्नु हुँदैन । बरु यसकारण स्वीकार्नु पर्दछ कि यो धर्म (कुशल) अनिन्दनीय छ । यसलाई अंगाल्दा यसको फल परिणाम लाभदायक र सर्वहितकारी छ ।
म हाम्रा नेकपा कार्यकर्ता हुन वा कांग्रेसका सबै मतालम्वीहरु र विचार समूह, गुट वा अन्य राजनीतिक समूह समर्थकहरुलाई पनि बुद्धको यो विचारधारा वा दृष्टिकोणलाई आधार बनाएर बिश्लेषण गरेर धारणा बनाउन अनुरोध गर्छु । यही आलोचनात्मक दृष्टिकोण हो । जाँचेर हेर्ने । निन्दायुक्त व्यवहारबाट जोगिने । आफुलाई आलोचना गर्नेहरुलाई पार्टी विभाजन गर्न लागेको भनेर आरोप लगाई हाल्ने, भित्र पनि नसहने बाहिरको आलोचना पनि नसहने चरित्र तानाशाह र सामन्तको मात्र हुन्छ । लोकतन्त्रवादी नेताको हुँदैन । यसर्थ जनता र कार्यकर्ताले आफूलाई आलोचनात्मक दृष्टिकोण बनाएर नेता र नेतृत्वलाई बुझने र पार्टी र शासन पद्धतीमा जनसम्वाद परम्परालाई अंगिकार गर्न दबाब दिने कुरा महत्वपूर्ण छ ।















प्रतिक्रिया