मंगलबार, ७ जेठ २०७६
DainikNepal.com
मंगलबार, ७ जेठ २०७६

संसद बैठकमा ३ मिनेट ढिला पुगेका मन्त्रीको राजिनामा माग, विरोधमा बैठक नै स्थगित

दैनिक नेपाल २०७५ फागुन १२ गते १३:३७

काठमाडौं, १२ फागुन । जापानका एक मन्त्री संसद बैठकमा ३ मिनेट ढिला पुग्दा उनको राजिनामा माग गरिएको छ । बिहीवारको संसद बैठकमा जापानी ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा निर्धारित समय भन्दा ३ मिनेट ढिलो पुगेका थिए ।

कार्यालयप्रति अपमान दर्शाएको भन्दै विपक्षी सांसदहरूले बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरेका छन् ।

श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको चर्को आलोचनासमेत भएको छ । गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए ।

लगत्तै उनको सो टिप्पणीको आलोचना भयो र उनले क्षमा पनि मागेका थिए । विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन् । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित