५ कार्तिक २०८३, बिहिबार

करिना-प्रियंकाबीच विवाद

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । च्याट शो कफी विद करणको सिजन सिक्सको अर्को एपिसोडमा करण जोहर करिना कपुरसँग सवाल–जवाफ गरिरहेको देख्न सकिन्छ । करिनासँगै प्रियंका चोपडा पनि हुनेछिन् ।

निर्माताले सोसल मिडियामा कार्यक्रमको प्रोमो जारी गर्दै यसबारे जानकारी दिएका हुन् । यो कार्यक्रमको १९ औं एपिसोड हुनेछ र अर्को आइतबार अर्थात् फेब्रुअरी २४ मा प्रशारण हुनेछ ।

कार्यक्रमको क्रममा करणले प्रियंकालाई वरुण धवन को सँग डेटिङ गरिरहेका छन् भनेर सोध्छन् । यसको जवाफमा प्रियंका भन्छिन्, ‘मलाई थाहा छैन ।’ प्रियंकाको यस्तो जवाफमा करिना जिल पर्छिन् र सोध्छिन्, ‘के साँच्चै नै तिमीलाई वरुणले कसलाई डेट गरिरहेका छन् भन्ने थाहा छैन ?’ प्रियंकाले ‘छैन’ भन्छिन् ।

करिना भन्छिन्, ‘ओहो, अब तिमी हलिउड नायिका भयौ । अब तिमीले भन्लाउ कि ‘को हो त्यो हँ ?’ त्यसपछि उनले हाँस्दै औंला उठाउँदै भनिन्, ‘डोन्ट फर्गेट योर रुट (आफ्नो धरातल नबिर्सिउ) ।’ करिनाले यस्तो भनेपछि प्रियंका आफू बसेको सोफामाथि टाउको अड्याएर बेस्सरी हाँस्छिन् ।

क्विज राउन्डको क्रममा करण प्रियंकालाई जोनस ब्रदर्सको पहिलो एल्बमको नाम के हो भनेर सोध्छन् तर उनलाई यो पनि थाहा भएन । करिनाले पुनः हाँस्दै प्रश्न सोध्छिन्, ‘तिमीलाई कसरी थाहा नहुन सक्छ ?’ यसमा प्रियंकाले भन्छिन्, ‘किनभने मैले निकसँग विवाह अघि उनीबारे गुगल सर्च गरेको थिइनँ ।’

कार्यक्रमको क्रममा करण जब करिनालाई सैफले तपाईंलाई कहाँ प्रपोज गरेका थिए भनेर सोध्छन् । यसको जवाफमा करिनाले ‘ग्रीस’मा भन्छिन् । करिनाले यत्ति भन्नेबित्तिकै उनको कुरा बीचमै काटेर प्रियंकाले निकले पनि आफूलाई ग्रीसमा नै प्रपोज गरेको बताउँछिन् । एजेन्सी