मंगलबार, २८ असोज २०७६
DainikNepal.com
मंगलबार, २८ असोज २०७६

मुख सम्हाल्न नसक्ने प्रशिक्षकलाई ४५ हजार जरिवाना

दैनिक नेपाल २०७५ फागुन १० गते ८:५५

लण्डन । लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपलाई ४५ हजार पाउण्ड जरिवाना तिराइने भएको छ ।

इंग्लिस प्रिमियर लिगमा वेष्ट हामविरुद्धको खेलमा रेफ्रीमाथि नराम्रो टिप्पणी गरेको भन्दै फुटबल संघले गरेको कारबाहीलाई स्वीकार गरेपछि उनीले जरिबाना तिर्नुपर्ने भएको हो ।

वेष्ट हामविरुद्ध एक(एक खेलको बराबरी खेल्दा रेफ्रीले लिभरपुलले गरेको गोल अफसाइड दिएको भन्दै रेफ्रीमाथि अभद्र टिप्पणी गरेको भन्दै क्लोपलाई कारबाही गरिएको हो । उनले यसलाई स्वीकार गर्दै ४५ हजार पाउण्ड फाइन तिर्ने भएका छन् ।

फेब्रुअरी ४ तारिखमा भएको खेलमा साडियो मानेले लिभरपुलका लागि गोल गरेका थिए । केभिन फ्रेन्डले जेम्स मिल्नर अफसाइडमा भएको निर्णय गरेपछि क्लोप रेफ्रीमाथि आक्रोशित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित