३ कार्तिक २०८३, मंगलबार

एस्कर्टस्को हैदरा क्रेनको सफ्ट लन्च बुटवलमा

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १० फागुन । आइएमई अटोमोटिभ्स प्रा. लि., एस्कर्टस्को हेभि उपकरण सेगमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा प्रदायक एक भगिनी संस्थाले बहुप्रतिक्षित Hydra 15 4P क्रेनको नेपालमा बिक्री वितरणको सुरुवात गरेको छ ।

प्रालिले बुटवलस्थित कालिकानगरबाट शुक्रबार एक औपचारिक कार्यक्रम मार्फत सेवा सुरु गरेको हो ।

कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो ।

कार्यक्रम अनावरण गर्ने क्रममा जोशीले भने, “एस्कर्टस ब्रान्ड एसोसिएशनको लागि मेरो साथ र सहयोग लामो समय सम्म रहने छ । विकास गतिविधीमा आएको वृद्घि संगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ”।

यस Hydra 15 4P क्रेनका ऐतिहासिक समुद्घाटनको अवसरमा एस्कर्टस डिभिजन सेल्स हेड अशोक कार्की, एस्कर्टस लि.का कन्ट्री म्यानेजर राजेश्वरप्रसाद यादव साथै विक्रेता प्रतिनिधी, Chaitainya Equipment का निर्देशक प्रेमप्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।

हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस् लि. ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको Hydra 15 4P बजारमा ल्याएको छ ।