३ कार्तिक २०८३, मंगलबार

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक करोडभन्दा बढीको कारोबार

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ९ फागुन । जिल्लाको दिपायलस्थित पिपल्ला बजारमा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । महोत्सवमा करीब एक करोड बराबरको कारोवार हुनुका साथै ४० देखि ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव आयोजक संस्था डोटी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

डोटीलगायत समग्र सुदूरपश्चिमको मुख्य पर्वकै रुपमा हेरिएको महोत्सवले यस क्षेत्रलाई देशमै चिनाएको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले महोत्सवलाई पर्वकै रुपमा मनाएर देशभरमै चिनाउन सफल भयौँ, यसैमा खुशी छौँ ।” कृषि, पर्यटन, उद्योग, व्यापार सुदूरपश्चिम विकासको मूल आधार” भन्ने नाराका साथ आयोजना गरिएको उक्त महोत्सव माघ २५ गतेदेखि सञ्चालन भई हिजो बुधबार सकिएको थियो ।

महासचिव खड्काका अनुसार २०७६ फागनु ८ गतेदेखि १८ गतेसम्म महोत्सव तथा खप्तड गङ्गादशारा मेला २०७६ जेठ २५ गतेदेखि असार २ गतेसम्म आयोजना हुने भएको छ । –रासस