५ कार्तिक २०८३, बिहिबार

‘बुलबुल’ले पैसा र दर्शक पाएन, उल्टै विवादमा पर्‍यो

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक्लै रिलिज भएर पनि राम्रो व्यापार गर्न नसकेको फिल्म ‘बुलबुल’को पोस्टर विवादमा परेको छ । ‘बुलबुल’को पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ ।

कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीले चलचित्रका निर्देशक विनोद पौडेल र प्रोड्यूसर अविरल थापालाई बोलाएर पोस्टर हटाउन भनिएको जानकारी दिए ।

परिसरमा भएको छलफलपछि निर्माण पक्षले पोस्टर हटाउने प्रतिबद्धता समेत जनाएको प्रहरीको भनाइ छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतले अभिनय गरेका छन् ।

फिल्मको प्रचार प्रसार जोडतोडले गरे पनि राम्रो व्यापार गर्न सकेको छैन । फिल्म हेर्न हलसम्म दर्शक पुगेका छैनन् ।