३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको पावरहाउस चोकमा शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका–२९, पावरहाउस चोकस्थित शाखाको बुधबार एनआईसी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उद्घाटन गरे ।

बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई रहेका छन् ।

बैंकले सलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको जनाएको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।