
काठमाडौं, ८ फागुन । सुनको भाउ बुधबार एकै दिन ६ सय रुपैयाँले बढेर प्रतितोला ६३ हजार तीन सय रुपैयाँ पुगेको छ । मंगलबार ६२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार एकै दिन सुनको भाउ छ सय रुपैयाँले उकालो लागेको हो ।
बुधबार तेजावी सुन प्रतितोला ६३ हजार रुयैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको भाउ प्रतितोला ६२ हजार ४ सयमा रुपैयाँ रहेको थियो ।
यस्तै चाँदी पनि मंगलबारको तुलनामा बुधबार बढेको छ । मंगलबार प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी भाउ बुधबार ७ सय ८५ रुपैयाँ पुगेको छ ।















प्रतिक्रिया