
डोल्पा, ७ फागुन । हिमाली जिल्ला डोल्पामा एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
घरमै सुत्केरी व्यथाले च्यापेपनि सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की ४० वर्षीया शान्ति बुढालाई सदरमुकाम दुनैबाट हेलिकप्टरमा उद्धार गरिएको हो । बुढालाई राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत उपचारका लागि बाँकेको कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस












प्रतिक्रिया