१ कार्तिक २०८३, शनिबार

ब्याङ्ककमा पनि मनाइयो प्रजातन्त्र दिवस

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसमा अवसरमा थाइल्याण्डको राजधानी ब्याङ्ककस्थित नेपाली राजदूतावासमा मंगलबार एक विशेष समारोह आयोजना गरियो । तीन दिनसम्म भव्यताका साथ उक्त दिवस मनाउने सरकारको निर्णयअनुरुप उक्त दूतावास प्राङ्गणमा राष्ट्रियगानसहित नेपालको राष्ट्रिय ध्वजा फहराइयो ।

ज्ञातअज्ञात शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौन रहेर उहाँहरूप्रति श्रद्धाभाव प्रकट गरियो भने थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, दूतावासका अन्य कर्मचारी तथा ब्याङ्ककमा रहेका नेपालीले शहीदहरूका तस्बीरमा माल्यार्पण गर्नुभएको थियो ।

दीपावलीका साथ हिजोदेखि शुरु भएको ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवससम्बन्धी विविध कार्यक्रम भोलिसम्म जारी रहने ब्याङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । –रासस