५ कार्तिक २०८३, बिहिबार

हेरिटेज पेजेन्ट्समा टिम नेपालको सफलता, मुख्य उपाधीमा सेन्ट्रल एशिया र भारत विजयी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सिंगापुरको ब्युटी वर्ल्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को ग्राण्ड फिनालेमा पर्सनालिटी र मिस एथ्निकको अवार्ड सहित सेन्ट्रल एशियाकी गुल्बानो माडियारोभाले मिस हेरिटेज इन्टरनेसनल २०१९ को मुख्य उपाधी चुम्न सफल भएकी छिन् ।

प्रतियोगितामा मिस तर्फ नेपालकी सहभागी अदिति श्रेष्ठलाई मिस फोटोजेनिक सहित फोर्थ रनर अपको अवार्ड प्राप्त भएको छ । प्रतियोगितामा फिलिपिन्सकी म्यारी किम्बर्ली कगापे फस्ट रनर अप, केन्याकी शिला अकिन्यी उडिडा सेकेन्ड रनर अप तथा जिम्बाबेकी सान्ड्रा डिजवानी थर्ड रनर अप चयन भएका थिए ।

मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ तर्फ भने मिसेस् ट्यालेन्ट र पर्सनालिटी अवार्ड सहित भारतकी विद्या किरण घारेले उपाधी चुम्न सफल भइन् । जाम्बियाकी पेसन्स् माकुन्गुले फस्ट रनर अप उपाधी जित्दा नेपालको तर्फबाट मिसेस् विधामा सहभागी दुर्गा विसुराल सेकेन्ड रनर अप बन्न सफल भइन् । दुर्गाले प्रतियोगितामा पिस ड्रेस सहित पिस एम्बेसडरमा सेकेन्ड रनर अप तथा मिसेस् एथ्निक तर्फ फस्ट रनर अप स्थान हात पारेकी थिइन् ।

ई प्लानेट प्रालिको आयोजनामा संचालन भएको प्रतियोगितामा सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहेको थियो । सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन भएको प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । कार्यक्रमको संचालन कोरियोग्राफर रोजिन र बलिउड कोरियोग्राफर सिम्रन अहुजाले गरेका थिए ।

प्रतियोगिताको अन्य उपाधीमा मिसतर्फ काजकस्तानले बेष्ट बडी, क्यामरुनले वेष्ट नेसनल हेरिटेज डे«ेस र काइन्डनेस एम्बेसडर, जिम्बाबेले वेष्ट कल्चुरल ड्रेस र कल्चुलर एम्बेसडर, फिलिपिन्सले ट्यालेन्ट, कन्जिनियल र पिस एम्बेसडर, नाइजेरियाले वेष्ट पिस ड्रेस र वेष्ट क्याटवाक, केन्याले टुरिजम एम्बेसडर, युगाण्डाले इन्भाइरोमेन्ट एम्बेसडर, सिंगापुरले एलिगेन्स अवार्ड प्राप्त गरेका थिए ।

मिसेस् तर्फ जाम्बियाले वेष्ट कल्चुरल ड्रेस, मिसेस् फोटोजेनिक र क्वीन अफ हार्टस्, सिंगापुरले मिसेस् डिलिजेन्ट तथा थाइल्याण्डले मिसेस् क्याटवाक र मिसेस् नेसनल हेरिटेज ड्रेस अवार्ड जित्न सफल भएका थिए । कार्यक्रममा म्यानमारकी नान खान वाईलाई मिस प्लस साइज हेरिटेज डायमण्ड र भारतकी मानसी डिघेलाई मिस प्लस साइज हेरिटेज रुबीको ताज पहिर्याइएको थियो ।

यसअघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतियोगिताको दोस्रो संस्करण भारतको नयाँ दिल्ली स्थित अशोका कन्ट्री रिसोर्टमा तथा तेस्रो संस्करण श्रीलंका स्थित बेरुवाला समुद्री तट नजिकै वर्ष २०१६ मा सम्पन्न भएको थियो ।